Nepal Life Insurance

एलआईसीका अभिकर्ताहरु बीमा रत्नबाट सम्मानित

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार १०:३२

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा सम्बन्धी अन्तर्राष्ट्रिय नेटवर्कसहित नेपालमा काम गरिरहेको एलआईसी नेपालमा आबद्ध जीवन बीमा अभिकर्ताहरुलाई तालिम तथा उत्कृष्ट कार्य सम्पादन गर्ने ३०० जना अभिकर्तालाई गर्ने कार्यक्रम हालै पोखरामा सम्पन्न भएको सो कम्पनीले जनाएको छ ।


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मा नयाँ प्रमुख कार्यकारी (सिईओ) नियुक्त भएपछिको पहिलो अभिकर्ता सम्मेलन कार्यक्रममा तीन सय जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम मिलेनियम डलर राउण्ड टेवल (एमडिआरटी) मापदण्ड पूरा गर्ने अभिकर्ताहरुलाई सो सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।


एमडिआरटीसँगको सहकार्यमा नेपालमा कार्यरत अभिकर्ताहरुलाई विमा रत्न सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एलआईसी नेपालका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले अभिकर्ताहरुलाई शिल्ड तथा प्रशंसा पत्रबाट सम्मान गरेका थिए । सिईओ दासले सम्मानित अभिकर्ताहरु दायित्व, भूमिकाका बारेमा प्रष्ट पारेका थिए ।


कुनै पनि बीमा कम्पनीको आधारस्तम्भ भएकाले अभिकर्ताहरु अनुशासित, इमान्दार, दक्ष र व्यवसायिक बनेर काम गर्नु पर्ने दासको धारणा थियो । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । नयाँ प्रतिस्पर्धी बजारमा कसरी आफूलाई अब्बल राख्दै कार्य सम्पादन गर्ने भनेर प्रशिक्षण दिएको एक सहभागीले जनाए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....