Nepal Life Insurance

नेपालगन्ज, बुटवल र घोराहीमा प्रभु लाईफको नयाँ शाखा

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार १७:२३

Nabaraj Neupane

७१ पटक पढिएको

काठमाडौं ।
जीवन बीमा कम्पनीहरुले आक्रामक रुपमा शाखा विस्तार गर्दै व्यापारमा अगाडि बढेका छन् । यसैक्रममा प्रभु लाईफ इन्स्योरेन्सले पश्चिम नेपालका प्रमुख तीन शहरमा नयाँ शाखा हालै उद्घाटन गरिएको छ ।

पश्चिम क्षेत्रमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने रुपन्देहीको बुटवल, दाङको घोराही, तथा मध्य पश्चिमको नेपालगन्जमा सो बीमा कम्पनीले नयाँ शाखा स्थापना गरेको हो । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ उद्घाटन भएका छन् । नयाँ उद्घाटन गरिएका तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले छुट्टा छुट्टै समारोहका बीच गरेका छन् ।

अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको र जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका जनताको बीचमा चेतनाबृद्धिका साथ बीमाको हिस्सा समेत बढाउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताउ ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो ।

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बीमालाई गाँउसम्म पुर्याउने उद्देश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका थिए ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....