Nepal Life Insurance

एनसेल र एक्जियटाको नाममा पुँजिगत लाभकर तिर्न सर्वोच्चको परमादेश

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार १७:४०

Nabaraj Neupane

लामो समयदेखि विवादमा रहेको एनसेलको स्वामित्व बिक्री बापतको पुँजिगत लाभकर भुक्तानी गर्न सर्वोच्च अदालतले बुधबार परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको बिहिवारको पेशीमा यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको पाँच जना न्यायाधीशसहितको पूर्ण इजलासले एनसेलको स्वामित्व लिएको एक्जिएटा कम्पनी र एनसेललाई शेयर खरिद बिक्री प्रकरणमा पुँजिगत लाभकर भुक्तानी गर्न उल्लेखित दुवै कम्पनीको नाममा परमादेश जारी गरेको हो ।


बुधबारको सर्वोच्चको फैसलालाई सर्वोच्च अदालतले गरेको हालसम्मकै सबैभन्दा शक्तिशाली फैसलाको रुपमा लिइएको छ । फैसलासँगै एनसेलको शेयर स्वामित्व खरिद गर्ने मलेसियाको कम्पनी एक्जिएटाले नेपाल सरकारलाई करिब ५२ अर्ब रुपैयाँ पुँजिगत लाभकर भुक्तानी गर्नुपर्ने भएको छ । केही रकम यसअघि नै भुक्तानी गरिसकेकाले बाँकी रकम भुक्तानी नगर्दै आएकोमा अब पुँजिगत लाभकरबाट उन्मुक्ति नपाउने भएको छ ।

अधिवक्ता भवेश गौतम, द्धारिकनाथ ढुंगेल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बुधबार यस्तो फैसला सुनाएको हो । ठूला करदाता सेवा कार्यालयले निर्धारण गरेको करका विरुद्धमा रेनल्ट होल्डिङ, एनसेल गत पुसमा सर्वोच्च अदालतमा पुगेका थिए भने पुँजिगत लाभकर असुलीको माग गर्दै नागरिक अभियान्ताहरु फागुनमा सर्वोच्च अदालतमा उत्प्रेषणको आदेश माग्दै सर्वोच्च अदालतमा पुगेका थिए । बुधबार चार वटा मुद्दाका एकसाथ सुनुवाई गरिएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....