Nepal Life Insurance

सूदुरपश्चिमको महेन्द्रनगरमा आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार ०९:५८

Nabaraj Neupane

५० पटक पढिएको

काठमाडौं ।
नेपालको सूदुरपश्चिमस्थित महेन्द्रनगरमा आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा स्थापना गरिएको छ । कञ्जनपुरको महेन्द्रनगरमा सो बीमा कम्पनीको नयाँ शाखाबाट औपचारिक रुपमा बिहिवारदेखि कारोबार सुरु गरिएको छ ।

उक्त शाखाको उद्घाटन आईएमई जनरल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी, दुग्ध व्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल, स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

निर्जिवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हालसम्म ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नयाँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्षको लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको जानकारी दिए ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....