Nepal Life Insurance

जीवन बीमा बजारमा धमाकासहित महालक्ष्मीको औपचारिक प्रवेश हुँदै

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार १८:०६

Nabaraj Neupane

बीमा न्यूज/काठमाडौ ।
नियामक निकायले स्थापना गर्नै नदिने अनेकौं प्रयासका वावजुद कान्छो बीमा कम्पनीको रुपमा स्थापना भएको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा बजारलाई चुनौति दिने भएको छ ।

बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी माघ २७ गतेदेखि औपचारिक रुपमा जीवन बीमा बजारमा प्रवेश गर्ने महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । बीमा बजारमा औपचारिक रुपमा प्रवेश गर्नु तीन दिनअघि कम्पनीले हालसम्मकै नयाँ र आकर्षक बीमा योजना समेत सार्वजनिक गरेको छ ।


पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशकुमार भट्टराईले नयाँ बीमा योजना सहित औपचारिक सेवा शुभारम्भको मिति घोषणा गरेका हुन् । सो क्रममा सिईओ भट्टराईले महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी ३ किमिमका बीमा योजनाहरु सार्वजनिक गरेको हो । बिहिवार सार्वजनिक गरिएका बीमा योजनाहरु परम्परागत बीमा बजारमा चलेका भन्दा केही भिन्न छन् ।

बीमा बजारमा केही नयाँ प्रयोग र बिमितलाई लाभ प्रदान गर्ने उद्देश्यले आफूले नयाँ प्रयोग गरेको सिईओ भट्टराईले बीमा न्यूजसँगको कुराकानीको क्रममा बताए । पत्रकार सम्मेलनमा सिइओ भट्टराई भने ‘हामीले ल्याएका बीमाका योजनाहरु नेपाली बीमा बजारमा विल्कुलै नयाँ छन्, महालक्ष्मीले सार्वजनिक गरेको जस्तो लाभदायी योजना अहिलेसम्म अन्य कम्पनीले दिएका छैनन ।’ सिईओ भट्टराईले बीमा योजनाहरु बीमा समितिबाट स्वीकृत लिएको समेत औपचारिक जानकारी दिएका छन् । उनले नयाँ बीमा कम्पनीको रुपमा बजारमा प्रवेश गर्दै गर्दा आफूले धेरै चुनौति र नयाँ अवसरहरु देखेको बताए ।


कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेसँगै काठमाडौ, वीरगंज र पोखराबाट कारोबार गर्ने शुरु तयारी गरिएको जानकारी दिएको छ ।
फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपूरबाट कारोबार सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालको स्वीकृती लिएको छ । कूल चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेको महालक्ष्मी लाईफ इन्स्यारेन्सको शेयर संरचनामा संंस्थापकहरुबाट १४० करोड रुपैयाँ ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याईएको छ ।

पत्रकार सम्मेलनमा सिईओ भट्टराईले चालु आर्थिक वर्षको अन्तिम अर्थात आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने महत्वाकांक्षी लक्ष्य पूरा गर्ने प्रतिबद्धता समेत जनाए । आगामी ५ बर्ष भित्रमा नेपालको पहिलो बीमा कम्पनी बन्ने लक्ष्य लिएर आफूले योजना बनाएको सिइओ भट्टराईले सार्वजनिक गरेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....