Nepal Life Insurance

हिसानको चौथो उपत्यकाव्यापी खेलकुद सप्ताह सुरु

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार १८:३१

Nabaraj Neupane

६९ पटक पढिएको

काठमाडौं ।
उच्च शिक्षा तथा माध्यमिक विद्यालयहरूको संगठन “हिसान” ले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद सप्ताह यस वर्ष आजदेखि सुरु भएको छ । सप्ताह माघ २८ सम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

उपत्यकामा उच्च शिक्षा उपल्वध गराउन सञ्चालित कलेजहरूका एक हजार छात्रा,छात्रहरूको उक्त खेलकुद महोत्सवमा सहभागिता रहनेछ । यस खेल सप्ताहमा बास्केटबल, भलिबल, टेबल टेनिस, लगायत १० विधामा प्रतिस्पर्धा गराइने हिसानले जनाएको छ ।

विद्यार्थीमा बौधिक क्षमता विकासका लागि हाजिरी जवाफ, कविता र वकतृत्वकलाको प्रतिशपर्थालाई समेत समावेश गराइएको छ । पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले यस प्रकारको खेल सप्तााहको आयोजनाले विध्थार्थिको अतिरिक्त क्रियाकलापमा प्रत्यक्ष योगदान पुग्ने जनाएका छन् ।

प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन भई भविष्यमा खेलमार्फत नेपालको नाम विश्वमा चिनाउन सहयोग पुग्ने हिसानले विश्वास लिएको छ । सप्ताह व्यायापी प्रतियोगिता काठामाण्डौंका विभिन्न ७ विद्यालयमा सम्मपन हुने जानकारी गराइएको छ ।
उक्त र्कायक्रमको विशेष आकर्षणको रूपमा काठामाण्डौं गोल्डेन क्रिकेट टिमलाई सार्वजनिक गरिएको थियो ।

गोल्डेन गेट कलेजद्धारा प्रवर्दित काठमाण्डौं गोल्डेन टिममा १२ राष्ट्रिय स्तरका खेलाडी समेटिएको जनाइएको छ । यस टिममा राष्ट्रिय क्रिकेट खेलाडी टोलीका उप–कप्तान राजेन्द्र मल्ल, अनिल शाह र ललित राववंशीले सहभागिता जनाएका छन् ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....