Nepal Life Insurance

निर्जिवन बीमाबाट अजोडले छ महिनामा कमायो सवा करोड

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १२:१५

Nabaraj Neupane

काठमाडौं ।
बीमा क्षेत्रमा नयाँ प्रवेश गरेको अडोज इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा करिब सवा करोड मुनाफा आर्जन गर्न सफल भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले चाल आवको पुस मसान्तसम्म कूल एक करोड २३ लाख नाफा आर्जन गर्न सफल भएको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले २०७५ पुससम्मको छ महिना अवधीमा औसत मासिक २० लाखभन्दा बढि मुनाफा आर्जन गरेर सो नाफा आर्जन गरेको हो । अजोड इन्स्योरेन्सले गत असोज मसान्तको त्रैमाससम्ममा ५८ लाख नाफा आर्जन गरेको थियो ।

सञ्चालनम आएको ६ महिना नपुग्दै कम्पनीले मुनाफालाई करोडको आँकडामा पुर्याउनुलाई निकै सफल मानिएको छ ।
सञ्चालन अवधीमा सो बीमा कम्पनीले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याएको वित्तिय विवरणमा झल्किन्छ । कम्पनीले हालसम्म १३ हजार २ सय २८ वटा बीमा लेख बिक्रि वापत कम्पनीले सो मात्रामा बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले कूल २२ वटा दावी वापत २१ लख भुक्तानी गरेको छ भने बाँकी ५७ वटा दावीको भुक्तानी प्रक्रिया अघि बढाएको छ ।

कूल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको हालसम्मको कारोबारबाट जगेडा कोषमा २ करोड ४२ लाख जम्मा भैसकेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....