Nepal Life Insurance

करिब ३० करोडका बीमा नहुने काँचो इट्टा नोक्सान

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १९:२४

Nabaraj Neupane

काठमाडौं ।
औद्योगिक क्षेत्रका हरेक कुराहरु बीमा हुन्छन् भन्ने छैन । ईट्टा उद्योगका अन्य कुराहरु बीमा हुने भएपनि काँचो इट्टाको बीमा हुँदैन । बीमा नहुने भएका कारण यस पटकको पानीको कारण धादिङ, काठमाडौंका थुप्रै इट्टा भट्टले नोक्सानी व्यहोर्नु परेको छ ।

लगातार तीनदिनको वर्षाका कारण धादिङमा सञ्चालित उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन् । पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताउनुभयो ।

बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जनाएका छन् । काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो । जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिइँटाको लागत सात सम्म पर्ने गरेको छ । धादिङ जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको सङ्घले जनाएको छ । विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....