Nepal Life Insurance

महालक्ष्मी लाईफको कारोबार सुरु, पहिलो दिनमै उत्साहप्रद पोलिसी बिक्री

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १९:४१

Nabaraj Neupane

बीमान्यूज/काठमाडौं ।
जीवन बीमा क्षेत्रमा १९ औं कम्पनीको रुपमा प्रवेश गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले आजबाट औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।

महालक्ष्मी लाईफको नक्सालस्थित काठमाडौं शाखा कार्यालयबाट पोलिसी काट्ने काम सुरु गरिएको सो बीमा कम्पनीले जनाएको छ । आइतबार काठमाडौंसहित बीरगन्ज, पोखरा, बुटवल, लाहानलगायतका शाखा कार्यालयमार्फत जीवन बीमा पोलिसी बिक्री गरिएको महालक्ष्मी इन्स्योरेन्स कम्पनीका डेपुटी कार्यकारी निर्देशक रामेश्वर श्रेष्ठले बीमान्यूजलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार महालक्ष्मी इन्स्योरेन्समा सर्वसधारणले निकै चासोपूर्वक बीमा पोखिसी खरिद गरेको र पहिलो दिनको कारोबारबाट आफूहरु उत्साहित बनेको समेत बताए ।

त्यसो त, शनिबार काठमाडौंमा आयोजना गरिएको एजेन्सी भेला अत्यन्तै उत्साहप्रद रुपमा सम्पन्न भएको कम्पनीले जनाएका छन् । सो कम्पनीका अनुसार शनिबार काठमाडौंका चारै भन्ज्याङहरुमा हिमपातका बीचमा सयौं एजेन्सीमा आबद्ध भएकाहरु उपस्थित भएका थिए ।
आइतबार नै औपचारिक कार्यक्रम गरी प्रधान कार्यालय समेत उद्घाटन गर्ने तयारी गरिएको भएपनि कमलपोखरीस्थित केन्द्रीय कार्यालयको सरसफाई तथा अन्य शाखा कार्यालयहरुको कामको चापको कारण छिट्टै औपचारिक कार्यक्रम गरी औपचारिक उद्घाटन गर्ने महालक्ष्मी लाईफले जनाएको छ ।

आइतबार नक्सालस्थित कार्यालयका कर्मचारीहरु बीमा पोलिसी काट्न निकै व्यस्त बनेबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा बजारका प्रतिस्पर्धी कम्पनीहरुलाई कडा चुनौति दिने अनुमान गरिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....