Nepal Life Insurance

सरकारी कर्मचारीको १० लाखसम्मको उपचार निःशुल्क !

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १२:५१

Nabaraj Neupane

१२८ पटक पढिएको

कर्मचारी सञ्चय कोषमार्फत छ लाखक कर्मचारीको निःशुल्क बीमा

बीमा न्यूज/काठमाडौं ।
नेपालमा सबैभन्दा आकर्षक रहेको सरकारी जागिर खानेहरुको लागि अर्को एउटा खुशीको खवर छ । करिब छ लाख सरकारी कर्मचारीले अब १० लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकारका सबै कर्मचारी आबद्ध हुने कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताको लागि घातक रोग लागेमा १० लाख र अन्य सामान्य रोगका लागि एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा सेवा सुरु गरिएको छ । मंसिर १ गते देखि सुरु भएको यस परियोजनामा कोषमा सञ्चय गर्ने सबैले लाभ लिन सक्नेछन् ।

कर्मचारी सञ्चय कोषले राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरी नेपाल सरकारका करिब तीन लाख कर्मचारीको बीमा सेवा सुरु गरिएको छ । यस बीमा योजना अन्तर्गत कुनै पनि कर्मचारीले छुट्टै बीमा गर्नु नपर्ने कर्मचारी सञ्चय कोषले जनाएको छ । कोषमा आबद्ध सबै सदस्यहरुका लागि एकमुष्ठ बीमा गरिएकाले बीमा कम्पनीको फारम भरेर माग दावी गरेकै आधारमा रकम भुक्तानी हुने कर्मचारी सञ्चय कोषका प्रबक्ता तथा नायब मुख्य अधिकृत ओमकृष्ण श्रेष्ठले बीमान्यूजलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार कोषमा आबद्ध छ लाख सरकारी कर्मचारीको उपचारको जिम्मेवारी कोषले लिएको छ, भने जोखिम बहनको लागि बीमा कम्पनीलाई दिएको छ । उनले भने ‘कोषमा आबद्ध सबै कर्मचारीहरुले उपचार खर्च पाउने गरी राष्ट्रिय बीमा कम्पनीमा बीमा गरी गत मंसिर १ गतेदेखि नै सेवा सुरु भइसकेको छ ।’ कर्मचारी सञ्चय कोषमा करिब छ लाख कर्मचारी, सेना तथा प्रहरीहरु आबद्ध छन् ।

यही मंसिर १ गतेदेखि लागू हुने गरी बीमा सेवा सुरु गरिएकाले कर्मचारीहरुले मंसिर १ गतेदेखि लागेको रोगको उपचार खर्च पाउने कोषले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीसँग गरिएको सम्झौता अनुसार सामान्य रोगको उपचारमा अधिकतम रु एक लाख रुपैयाँको सीमा तोकिएको छ । जसमा एक वर्षमा ३० हजार रुपैयाँ अप्रेशन खर्च, एक वर्षमा २० हजार रुपैयाँको औषधी, ल्याब खर्च, तथा जाँच शुल्क व्यवहोर्ने छ । त्यस्तै अस्पताल भर्ना भई बस्नु परेमा दैनिक दुई हजार रुपैयाँका दरले बढिमा बर्षदिनभरिमा २५ हजार रुपैयाँसम्मको खर्चको जोखिम बीमा कम्पनीले बहन गर्नेछ । त्यस्तै डाक्टरको सिफारिसमा आठ हजार रुपैयाँसम्मको चिकित्सकीय सामग्री, एक पटकमा पाँच हजार नबढ्ने गरी १५ हजार रुपैयाँसम्मको औषधी उपचार सेवा पाइनेछ ।

त्यस्तै कोषमा आबद्ध सञ्चयकर्ताहरुले घातक रोगहरु, हृदयघात, मृगौलाको समस्या, क्यान्सर, अल्जाईमर, पार्किन्सन, टाउकोमा समस्या, सिक्केल सेल एनेमिया, तथा कलेजोमा समस्या आउनेजस्ता नौ वटा रोगको उपचारको लागि डाक्टरको सिफारिसमा १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यवहोर्नेछ ।

कर्मचारी सञ्चय कोषको उपचार बीमा दावीको लागि अन्य भन्दा निकै सजिलो समेत बनाइएको छ । जसमा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र वा बिरामी भएको दुई महिनाभित्रमा राष्ट्रिय बीमा कम्पनी केन्द्रीय कार्यालयमा दावी वा लिखित रुपमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

उपचार खर्च दावीको लागि कर्मचारीहरुले तोकिएको अवधीभित्र तोकिएको ढाँचामा सञ्चयकर्ताको निवेदन, कम्पनीबाट उपलब्ध गराइएको दावी फारम, जसमा सम्पूर्ण विवरण भरेर सम्बन्धित अस्पतालको छाप, सम्बन्धित डाक्टरको दस्तखत र नेपाल मेडिकल काउन्सिलमा दर्ता नं सहितको छाप, डाक्टरले लेखेको सक्कल प्रेप्स्क्रिीप्सन तथा डिस्चार्जको स्लीप अनिवार्य गरिएको छ । त्यस्तै औषधी खरिदका बिल प्यान नं भएको सक्कल बीलहरु, ल्याब तथा एक्सरेहरुको सक्कल बीलहरु, सञ्चयकर्ताको नाम, परिचयपत्र नं र कोषको प्रमाणित पत्रसहित दावी गर्नुपर्ने सञ्चय कोषले जानकारी दिएको छ ।

 

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....