Nepal Life Insurance

छ महिनामा नेपाल लाईफको चित्र यस्तो देखियो, १० अर्ब बीमा शुल्क संकलन, २८ करोड नाफा

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार ०९:४७

Nabaraj Neupane

काठमाडौं ।
निजि क्षेत्रको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको छ महिनामै १० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गरी २८ करोडभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ ।

सो कम्पनिले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणमा चाल आवको छ महिनामाकूल २८ करोड ५ लाख २६ हजार १२१ रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । गत वर्षको भन्दा सामान्य बृद्धि गर्न सफल भएको नेपाल लाईफको बीमाबाट आम्दानीमा भने बृद्धि गर्न सफल भएको छ ।

चालु आबको छ महिनामा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार १९१ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो अवधिमा ५ अर्ब २० करोड ५४ हजार ९४० रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

समीक्षा अवधीको अघिल्लो वर्ष २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ नाफा गरेको कम्पनीले चालु आवमा नयाँ कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धाबीच मुनाफा बृद्धि गर्न सफल हुनुलाई उल्लेखनीय मानिएको छ । कम्पनीले हालसम्म जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख ७० हजार २८६ रुपैयाँ जम्मा गरिसकेको छ । त्यस्तै, नेपाल लाईफको महाविपत्ति कोषमा ३७ करोड ११ लाख ६ हजार ११३ रुपैयाँ रहेको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले जीवन बीमा कोषमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको छ । गत वर्ष ४५ अर्ब ६३ करोड ४१ लाख १४ हजार १०७ रुपैयाँ जीवन बीमा कोषमा दाखिला गरेकोमा हाल सो रकम ५६ अर्ब ७३ करोड ८३ लाख ८७ हजार ७९६ रुपैयाँ पुगेको छ ।

वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको इन्स्योरेन्स कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....