Nepal Life Insurance

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार १३:०९

Nabaraj Neupane

५५ पटक पढिएको

काठमाडौं ।
खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा कम्पनीहरुलाई बहन गराउने प्रचलन समेत सुरु भएको छ । आम जनताका बीचमा बीमा सम्बन्धी जनचेतना न्यून रहेको सन्दर्भमा नयाँ नयाँ क्षेत्रमा बीमा प्रयोग समेत बढ्दै गएको छ ।

यसैक्रममा, काभ्रे जिल्लामा आयोजना हुन गइरहेको एक खेलकूद प्रतियोगिताका खेलाडीहरुको बीमा गरिएको आयोजक समितिले जानकारी दिएको छ । मुवा थाई सङ्घ काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा तेमाल गाउँपालिकास्थित पोखरी नारायाण स्थानमा आगामी फागुन ३ र ४ गते प्रदेशस्तरीय ‘मुवा थाई’ प्रतियोगितामा सहभागी खेलाडीहरुको बीमा गरिएको हो ।

किक बक्सिङ तेक्वान्दो कराँतेको सङ्युक्त स्वरुपको उक्त प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी हुने मंगलबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा सो शाखाले जनाएको हो ।

“फुल कन्ट्याक बेसमा खेलिने सो खेलमा पाँच जिल्लाका ६० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।” शाखा अध्यक्ष बज्र लामाले भन्नुभयो, “यो खेल कठिन मार्सल आर्ट भएकाले यसमा खेल अवधिभरिका लागि प्रतिखेलाडी एक लाखसम्मको बीमा गरी प्रतियोगिता आयोजना गर्दैछौँ ।”
खेलको माध्यमबाट ग्रामीण भेगलाई चिनाउने र त्यहाँका युवालाई पनि यस खेलमा आकर्षित गरेर संस्थागत विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजीदेखि ५१ केजी तौल समूह र ५३ केजीदेखि ५७ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५१ केजी तौल समूहको प्रतिस्पर्धा हुने जनाइएको छ । सो खेलमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई रु पाँच हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सो खेलमा खुला तौल समूहमा पनि प्रतिस्पर्धा हुने भएको छ ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....