Nepal Life Insurance

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार १५:५६

Nabaraj Neupane

११६ पटक पढिएको

काठमाडौं ।
निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले यही फागुन २१ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

सो कम्पनीको शेयर लिई सकेका लगानीकर्ताले गत माघ २५ गतेसम्म कायम रहेको सेयर सदस्यले मात्रै हकप्रद सेयर अन्तर्गत १००ः६५ रेसियोमा शेयर भर्न पाउनेछन् । प्रतिकित्ता एक सय रुपैयाँका दरले आवेदन दिन पाउने भएपछि नेपाल इन्स्योरेन्स कम्पनीका शेयर सदस्यहरु हौसिएका छन् ।

कम्पनीले हाल कायम रहको ६१ करोड ७६ लाख ३८ हजार ७ सय ५ रुपैंयाँ चुक्ता पुँजीको कूल शेयरको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । सो सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाइएको छ ।

सो बिमा कम्पनीको ४० लाख १४ हजार ६ सय ५१ कित्ता हकप्रद सेयर निष्काशन हुने जनाइएको छ । माघ २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कायम रहेका सेयर धनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् । फागुन २१ गते खुल्ने हकप्रद सेयर चैत २५ गतेदेखि बन्द हुने कम्पनीले जनाएको छ । शेयर निष्काशनको लागि नेपाल इन्स्योरेन्स कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....