Nepal Life Insurance

एशियन लाईफले ६० प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढायो

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार ११:२४

Nabaraj Neupane

काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्सको १००ः६० रेसियोमा हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पुँजि पुर्याउने दवावमा रहेको कम्पनीले सोही प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

प्रक्रिया अघि बढाउने क्रममा हालै मात्रै नेपाल धितोपत्र बोर्डले समेत स्वीकृति दिएको एसिशन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । सो कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन अनुमति माग् दै नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन दिएको थियो । बोर्डले हालै मात्रै उक्त निवेदन स्वीकृत गरेको जनाइएको छ ।

एशियन लाईफ इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने शेयरको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि अब एसियन लाईफलाई हकप्रद शेयर निष्काशनको बाटो खुलेको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....