Nepal Life Insurance

प्रुडेन्सियलको छ महिनाको अवस्थाः ६५ करोड बीमा शुल्क आर्जन, सवा छ करोड नाफा

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार १६:४४

Nabaraj Neupane

काठमाडौं ।
निर्जिवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा करिब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सो कारोबारबाट कम्पनीले सवा छ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा ६४ करोड ८८ लाख ४८ हजार कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा ५.२० प्रतिशतले कमी हो । बीमा शुल्क आर्जनमा सामान्य गिरावट भोगेको कम्पनीले नाफामा भने बृद्धि गर्न सफल हुनुलाई व्यवस्थापकीय कुशलता मान्न सकिन्छ ।

प्रुडेन्सीय इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ६७ हजार २ सय १७ वटा बीमालेखहरु जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६४ हजार ९ सय ९ वटा बीमालेख जारी गरेको थियो ।

यस्तै, कम्पनीले २ हजार ४ सय ७३ दाबी वापत ३५ करोड १२ लाख रुपैयाँ कूल भुक्तानी गरेको छ । भने ३ हजार २ सय ९० दाबी वापत ८४ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । सञ्चालन अवधीमा कम्पनीले जगेडा कोष १६ करोड ६५ लाखबाट २१ करोड ११ लाखमा र बीमा कोष ३८ करोड ५७ लाखबाट ४३ करोड ९८ लाख रुपैयाँमा बढेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....