Nepal Life Insurance

हरिपुर नगरका जनताले एउटै छानामुनी बीमा सेवा पाउने, आईएमई इन्स्योरेन्ससँग भयो यस्तो सम्झौता

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार १४:१८

Nabaraj Neupane

काठमाडौं ।
निर्जिवन बीमा कम्पनीहरु स्थानीय सरकारसँग सहकार्य गर्न पुगेका छन् । यसैक्रममा सबैभन्दा पहिले आईएमई जनरल इन्स्योरेन्स कम्पनी सर्लाहीको एक स्थानीय निकायसँग सहकार्य गर्न पुगेको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतासँगै स्थानीय जनताले एउटै छानामुनी सबै प्रकारको निर्जिवन बीमा सुविधा पाउने भएका छन् । नगरपालिकाका मेयर जमिरुद्धिन मनसुरको सक्रियतामा आईएमई जनरल इन्स्योरेन्सँग सहकार्य गरी एउटै छानामुनी बीमा सेवा उपलब्ध गराइने भएको हो ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार हरिपुर नगरपालिकाभित्रका पशु, कृषि, सम्पत्तिलगायतका बीमाहरु आईएमई जनरल इन्स्योरेन्सको नजिकको शाखा कार्यालयबाट गरिने आईएमई जनरल इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ पवन थापाले बीमा न्यूजलाई जानकारी दिए ।
थापाका अनुसार हरिपुर नगरक्षेत्रभित्रका सबै प्रकारका बीमाहरु गर्न दुवै पक्षका बीचमा समन्वय हुनेछ । सो सम्झौताबारे डेपुटी सिईओ थापाले भने, ‘यो एउटा नयाँ प्रयोग हामीले गर्दैछौं, जनतालाई सुविधा दिन स्थानीय निकायसँग सहकार्य गरिन लागेको हो ।’

हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मनसुरले जनतालाई सहज र सरल रुपमा बीमा सेवा उपलब्ध गराउन सम्झौता गरिएको बताए । मेयर मनसुरले सम्झौतापछि बीमा कम्पनीले स्थानीय जनतालाई घरैमा पुगेर सेवा दिने, नगरपालिका कार्यालय एक जना कर्मचारी समेत खटाउने भएकोले जनताले सजिलै बीमा सुविधा पाएर लाभ लिने बताए । मेयर सनसुरले भने, ‘जनतालाई सरल र सहज रुपमा बीमा सेवा एउटै छानामुनी प्रदान गर्न सम्झौता गरिएको हो ।’ उनले जनतालाई जोखिम बहन न्यूनिकरण गराई सबै प्रकारको व्यवसायको सुरक्षा र सम्पत्ति सुरक्षाको लागि बीमा कार्यक्रम प्रभावकारी भएको बताए ।

सम्झौतापछि आईएमई जनरल इन्स्योरेन्सले हरिपुर नगरपालिकाको नगरवासीहरुको भौतिक सम्पत्तीलगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने छ । स्थानीय निकायसँग बीमा कम्पनीले एकै छातामुनी सबै सुविधा उपलब्ध गराउन यस्तो सम्झौता गरिएको जनाइएको छ । यस्तो सम्झौता सम्भवतः पहिलो पटक भएको हो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....