Nepal Life Insurance

केन्द्रीय बैंकद्वारा अर्धबार्षिक समिक्षा, मुद्रा स्फीर्ति, व्यापार घाटा बढ्यो

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार १९:११

Nabaraj Neupane

काठमाडौं ।
मुलुकको समग्र आर्थिक अवस्थालाई नियन्त्रणमा लिने केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी मुलुकको आर्थिक अवस्थाबारे अर्धबार्षिक समीक्षा गत बुधबार सार्वजनिक गरेको छ । जसमा महंगीको सूचक मानिने मुद्रा स्फीर्ति बढेको देखिएको छ भने अन्तर्राष्ट्रिय व्यापारको लागि महत्वपूर्ण शोधारन्तर घाटा अझै फराकिलो हुन पुगेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा आयात सात खर्ब भन्दा माथि भई अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बृद्धि हुन पुगेको छ भने निर्यात जम्मा सामान्य बृद्धि भएको छ । जसमा महत्वपूर्ण मानिएको अलैची, जडिबुटी जस्ता निर्यातमा ह्रास आएको छ ।

त्यस्तै बैंक तथा वित्तिय क्षेत्रको अवस्था सार्वजनिक गर्दै चाल आवको छ महिनामा कर्जा प्रवाह ८.७ प्रतिशतले बृद्धि हुन पुगेको छ भने बचत भने ७.७ प्रतिशतले मात्रै बढेको देखिएको छ ।

चालु आवको छ महिनाको समीक्षाले नेपालको अर्थतन्त्रमा खासै सुधार भएको देखाउन सकेको छैन बरु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउँदा पनि इन्धनको मूल्य लगातार बृद्धि गरिएका, बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरका कारण मुद्रा स्फीर्तिमा भने बृद्धि भएको छ ।

केन्द्रीय बैंकले तयार पारेको वित्तिय अवस्थाको पूर्ण पाठ 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....