Nepal Life Insurance

चितवनका कुखुरामा एन्फ्लुएन्जा फैलदै, बीमा नहुँदा किसान अप्ठेरोमा

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार २०:४२

Nabaraj Neupane

चितवन ।
कुखुरा उत्पादनको सबैभन्दा ठूलो क्षेत्र चितवनमा एभिएन एन्फ्लुएन्जा नामक घातक रोग तीव्र गतिमा फैलन थालेको छ । कुखुराको बीमा गर्न नसकिएको कारण किसान अप्ठेरोमा पर्न थालेका छन् । रोगका कारण भटाभट कुखुराहरु मर्न थालेपछि उद्यमी किसानहरुले ठूलो घाटा व्यहार्नु परेको छ । सो रोगको बीमा गर्ने व्यवस्था नभएका कारण किसानहरु मर्कामा परेको स्थानीय किसानले गुनासो गर्दै सरकार गुहारेका छन् ।

कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेको स्थानीय पशु कार्यालयले पुष्टि गरेको छ ।

पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । दैनिक प्रयोगशालामा ४० वटा हाराहारी नमूना परीक्षणका लागि आउने गरेका छन् । जसमध्ये १० वटा हाराहारीमा एच नाइन देखिएको उहाँले बताउनुभयो ।

नमूना नल्याइएका र समस्या देखिएका कुखुराका खोर पनि प्रशस्त रहेको उहाँले बताउनुभयो । कार्यालयले दुई सयभन्दा बढी नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको उहाँले बताउनुभयो ।

प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेको उहाँले बताउनुभयो । शुरुमा लेयर्स कुखुरामा देखिएको यो समस्या माउ कुखुरा (प्यारेन्ट) र ब्रोइलरमा पनि देखिन थालेको छ । यो रोगको सङ्क्रमण देखिन थालेपछि शुरुमा दाना नखाने, बिरामी कुखुराले मुन्टो पखेटामुनि राखेर बस्ने, आँखाको डिल सुनिने, अण्डा घटाउँदै लैजाने, अण्डाको बोक्रा पातलो हुने र झोक्राएर मर्न थाल्ने चापागाईंले बताउनुभयो ।

बर्डफ्लूकै वर्गको रोग भए पनि कुखुरा मर्दा राज्यले अनुदान नदिने र बीमा कम्पनीले बीमा नगरिदिने हुँदा कृषक मर्कामा परेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलको गुनासो छ । उहाँका अनुसार बर्डफ्लुले मर्दा बीमा नभए पनि राज्यले अनुदान दिन्छ, तर उत्तिकै नोक्सान हुने एच नाइनमा कसैको सहयोग नपाएर किसानहरु मर्कामा परेका छन् ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार वर्षाैदेखि रोग विरुद्धको खोप दिनुपर्ने माग गरेको भए पनि राज्यले बेवास्था गर्दा वर्षेनी अर्बौंको नोक्सान पोल्ट्री क्षेत्रले व्यहोर्नु परेको बताउनुभयो । उहाँका अनुसार गैरकानुनी रुपमा लुकाइछिपाइ भित्रिएको खोपले केही कुखुरा बच्ने गरेको भए पनि अधिकांश कुखुरामा रोग देखिँदा समस्या भएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....