Nepal Life Insurance

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पहिलो बैंकान्स्योरेन्स सम्झौता

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार १९:२१

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा कम्पनीहरु मध्ये कान्छो कम्पनीको रुपमा गत माघ २७ गतेबाट कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक अन्य कम्पनीसँग सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैंकसँग सो बीमा कम्पनीले बैंकान्स्योरेन्स सम्झौता गरेको हो । बुधबार महालक्ष्मी लाईफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको सो बीमा कम्पनीले जनाएको छ ।

सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानले हस्ताक्षर गरेका छन् । सम्झौता आजैका मितिबाट कार्यान्वयन सुरु भएको महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले बीमा न्यूजलाई जानकारी दिए । भट्टराईका अनुसार देशैभरिमा कूल १०१ वटा शाखा कार्यालयमार्फत बैंकिङ कारोबार गर्दै आएको महालक्ष्मी बिकास बैंकको जुनसुकै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सकिने छ ।

अन्य बीमा कम्पनीहरुलाई चुनौति दिँदै महालक्ष्मी लाईफले सञ्चालनमा ल्याएको साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना लोकप्रिय बन्दै गएको सिईओ भट्टराईले बताए । उनले थप सहजिकरणको लागि महालक्ष्मी विकास बैंकसँग सहकार्य गरिएको बताए । काठमाडौंको कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं, पोखरा र वीरगंजबाट कारोबार गर्दै आएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको औपचारिक उद्घाटन भने हुन बाँकी छ । अबको केही दिनमा औपचारिक उद्घाटन गर्ने सो कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....