Nepal Life Insurance

बीमा क्षेत्रमा आधुनिक सफ्टवयर आवश्यकः रेग्मी

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहीबार १३:५७

Nabaraj Neupane

काठमाडौं ।
दिन प्रतिदिन फस्टाउँदै गएको नेपालको बीमा क्षेत्रमा नयाँ सुविधा सहितको सफ्टवयर आवश्यक भएको राजधानीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । बीमा प्रविधि विज्ञ खुशल रेग्मीले नेपालका बीमा कम्पनीहरुमा प्रयोग भइरहेको पुरानो सफ्टवयरले लामो समय नधान्ने बताएका छन् ।

बुधबार राजधानी काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बीमा टेक्नोलोजी बीज्ञ खुशल रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालको बीमा कम्पनीहरुले प्रयोग गरिरहेका अधिकांश पुराना सफ्टवयरहरुका कारण आधुनिक बैंकिङ कारोबार गर्न समस्या परेको औल्याएका छन् । साथै बिज्ञ रेग्मीले बीमा क्षेत्रमा प्रविधिको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् ।

कार्यपत्र प्रस्तुत गर्दै रेग्मीले वर्तमान समयमा टेक्नोलोजीकै कारण बैंकास्योरेन्स सम्भाव भएको बताए । उनले बीमा कम्पनीसँग भन्दा बैंकसँग राम्रो टेक्नोलोजी भएका कारण कतीपय बैंकहरुले बीमा कम्पनीले भन्दा राम्रो आम्दानी बीमाबाट गरेको बताउँदै प्रविधिका कारण समस्या हुन नहुनेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

पछिल्लो समय मोबाइल बैंकिङ जस्तै बीमा क्षेत्रमा पनि ट्याबलेट बीमाको अवधारणा आइसकेको उल्लेख गर्दै पुराना प्रविधिलाई विस्थापित गर्दै आधुनिक प्रविधिको विकास गर्नुपर्ने बताए । उनले अहिले नेपालमा अधिकांश बीमा कम्पनीहरुले पुरानै खालका सफ्टवेर मार्फत काम गरिरहेको उल्लेख गर्दै व्यवसाय विस्तारका लागि पनि नयाँ सफ्टवेरहरु प्रयोग गर्नुपर्नेमा जोड दिए ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....