Nepal Life Insurance

नेकपाले भन्यो फेसबुक नेपालमा चलाउन दर्ता जरूरी छ

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहीबार २०:०६

Nabaraj Neupane

काठमाण्डौ ।
सामाजिक सञ्जालप्रति नेकपा नेतृत्वको सरकार अनुदार बनेको आरोप लाग्दै आएको सन्दर्भमा सो पार्टीले साकाजिक सञ्जाल फेसबुक नेपाल सरकारको कुनै न कुनै निकायमा दर्ता हुनुपर्ने धारणा अघि सारेको छ । सो पार्टीका सञ्चार क्षेत्र हेर्ने नेता योगेश भट्टराईले सामाजिक सञ्जाल चलाउने कुरामा कुनै प्रतिबन्ध नलगाईने तर नेपालको कानुनको परिेधिभित्र रहनुपर्ने प्रष्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघको पोखराका बिहिबारदेखि सुरू भएको केन्द्रीय सधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता भट्टराईले भने, फेसबुकको आम्दानी नेपालको बजेटभन्दा डेढ गुणा बढि रहेको छ, नेपालबाट पनि अर्बौ रूपैयाँ कमाएर लैजान्छ । त्यसैले कुनै न कुनै निकायमा दर्ता हुन फेसबुक आउनु पर्छ ।

त्यस्तै सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटर लगायतका सबै सामाजिक मिडिया दर्ता नगरे चल्न दिन सरकार बाध्य नहुने बताए ।
पोखरामा सुरू भएको नेपाल पत्रकार महासंघको केन्द्रीय सधारणसभामा देशैभरिका दस हजारभन्दा बढि पत्रकारहरूको सुरक्षा, पत्रकारलाई बीमा सुबिधा, प्रेस स्वतन्त्रताका बारेमा छलफल हुदैछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....