Nepal Life Insurance

बंगलादेशबाट उडेको १४८ यात्रुसहितको जहाज अपहृत

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार २१:१७

Nabaraj Neupane

पेस्तोल बोकेका बिमान अपहरणकारीमाथि बंगलादेशी कमाण्डोको अप्रेशन

अपडेट

………………………………..

काठमाडौं ।
आज साँझ दुबईको लागि उडेको विमान बंगलादेशको जहाज अपहरणको प्रयास गर्ने पेस्तोलधारीलाई बंगलादेशी सेनाले कमाण्डो कारवाही गरी गोली प्रहार गरेको छ ।

घटनामा अपहरणकारीको निधन भएको छ । उनको साथमा पेस्तोल रहेकाले सैन्य कारवाही गर्नु परेको त्यहाँका सञ्चार माध्यमले प्रष्ट पारेका छन् ।

बंगलादेशबाट उडेको १४८ यात्रुसहितको जहाज अपहृत

एजेन्सीहरु/काठमाडौं ।
हवाई सुरक्षामा गम्भिर प्रश्न चिन्ह उठ्ने गरी आज साँझ बिमान बंगलादेशको जहाज अपहरणमा परेको छ । चालक दलका सदस्यसहित १४८ जना मानिस रहेको जहाज बंगलादेशबाट दुबई जाँदै गर्दा यात्रुले अपहरणको प्रयास गरेपछि आपतकालिन अवतरण गरेर अत्याधुनिक हतियारसहितका सेनाको घेरामा राखिएको छ ।

बंगलादेशको अनलाईन पत्रिका द डेली स्टारका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको भएपनि अपहरणकारीले चालक दलका सदस्यहरुलाई बाहिर निस्कन नदिई आफू पनि जहाजमै बसिरहेका छन् ।

आकाशमा उडिरहेको बेला एक यात्रुले जहाज अपहरण प्रयास भएपछि बंगलादेश विमानको विमान चिटगोङस्थित शाह अमानत एयरपोर्टमा आपतकालीन अवतरण गरिएको छ ।

ढाकाबाट दुबईका लागि उडेको विमानमा १४८ र यात्रु थिए । नागरिक उड्डयन र पर्यटन मन्त्रालयका सचिव मोहम्मद मुहिबुल हकका अनुसार विमानका पाइलट र यात्रु सुरक्षित छन् । तर, एक संदिग्ध र चालक दलका एक सदस्य विमानभित्रै छन् ।

 

बोईङ ७३७–८०० जहाज आकाशमा उडिरहेको समयमा एक यात्रु जबरजस्ती ककपिट छिर्ने प्रयास गरेपछि चालक दलका सदस्यले जहाज अपहरणमा परेको संकेत जनाउने एलार्म बजाएका थिए । त्यसपछि जहाजलाई आपतकालिन रुपमा चिटगोङस्थित विमानस्थलमा कडा सुरक्षा प्रबन्ध गरेर अवतरण गराइएको स्थानीय सञ्चार माध्यमलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

अपहरणमा परेर जहाज र यात्रुलाई क्षति पुगेको भए, बीमा कम्पनीले ठूलो रकम दावी भुक्तानी तिर्नुपर्ने हुन्थ्यो । जहाज र यात्रु सबै सकुशल रहेका कारण बीमा कम्पनी समेतलाई ठूलो लाभ पुग्न गएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....