Nepal Life Insurance

कृषिमा परनिर्भरता घटाउन बाली, पशुबीमा अघि बढाउँछौंः मन्त्री खनाल

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार १८:४४

Nabaraj Neupane

काठमाडौं ।
सरकारले कृषिमा परनिर्भरता घटाउन बाली तथा पशु बीमा कार्यक्रमलाई अघि बढाउने जनाएको छ । कृषिमा बढ्दै गएको परनिर्भरता घटाउने र आगामी दश वर्षभित्र पूर्णरुपमा आत्मनिर्भर बनाउने मन्त्रालयले योजना अगाडि सारेको छ तर, सरकारले उपलब्ध गराएको कृषि अनुदान रकम टाठाबाठाले मात्रै प्राप्त गरेको गुनासो आउने गरेको छ ।

सरकारले प्रयास नगरेको पनि छैन तर लक्षित वर्गसम्म कृषि अनुदान भने पुग्न सकेको छैन । मन्त्रालयले १३ अर्ब दुई करोड १० लाख बराबर कृषि बाली, पशुधन बीमा गराएको छ । त्यसमा ७५ प्रतिशत प्रिमियम अनुदानका लागि ६३ करोड उपलब्ध गराएको छ । कृषि क्षेत्रको अनुदानलाई प्रतिफलमुखी बनाउने भन्दै १६ करोड ७९ लाख उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार कृषिमा आत्मनिर्भर बनाउन विभिन्न १४ नयाँ कार्यक्रम शुरु गरिँदै छ । विसं २०७६ देखि २०८० सम्म ७७ वटै जिल्लामा युवा रोजगार विशेष कार्यक्रममार्फत रु पाँच अर्ब खर्च गरिनेछ । कम्तीमा ५०० व्यावसायिक कृषि फार्म, दुई हजार ५०० लाई स्थायी रोजगारी र १२ हजार ५०० लाई अस्थायी रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ । यस्तै खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत देशैभरि रु पाँच अर्ब खर्च गरिनेछ । कृषि बजार प्रवद्र्धन आयोजनामा रु पाँच अर्ब खर्च गरी कम्तीमा ५०० व्यावसायिक कृषि फार्म स्थापना गरिनेछ ।

यस्तै किसान कल्याण प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु ५० अर्ब, एक पालिका एक मोडल फार्म प्रवद्र्धन कार्यक्रमका लागि रु २० अर्ब खर्च गरिनेछ । प्रत्येक पालिकामा एक÷एक वटा व्यावसायिक कृषि फार्म स्थापना गर्ने, उत्पादनमा वृद्धि गर्ने र १५ हजार ६० ले रोजगारी प्राप्त गर्नेछन् । मन्त्रालयका अनुसार नगदेबाली प्रशोधन तथा मूल्य अभिवृद्धि कार्यक्रमका लागि रु दुई अर्ब खर्च गर्ने तयारी गरिएको छ । मन्त्रालयले कृषिको आत्मनिर्भर गर्ने अभियानअन्तर्गत उच्च मूल्य वस्तु उत्पादन शृङ्खला विकास कार्यक्रमकमा रु एक अर्ब, सिञ्चित क्षेत्र सघन धान उत्पादन कार्यक्रममा रु चार अर्ब पाँच करोड, कृषि अनुसन्धान तथा प्रसारमा रु एक अर्ब खर्च गरिने भएको छ ।

यस्तै कृषि क्षेत्र संरचना सुदृढीकरण कार्यक्रम देशैभरि सञ्चालन गर्न रु एक अर्ब ५० करोड, कृषि औजार सामग्री उत्पादन प्रवद्र्धन कार्यक्रममा रु एक अर्ब, बङ्गुर व्यवसाय प्रवद्र्धनका लागि रु २० करोड खर्च गरिने भएको छ ।

यस्तै नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा रहेको छ । गत वर्षदेखि शुरु भएको सो आयोजना विसं २०८० सम्म सञ्चालनमा रहनेछ । कूल २८ जिल्लामा सञ्चालन हुने सो आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर खर्च गरिनेछ । दूध, मासुको उत्पादनमा चार प्रतिशत वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....