Nepal Life Insurance

भारत र पाकिस्तानबीच अघोषित युद्धले चौतर्फी भद्रगोल हुँदै, हवाई जहाजहरुले आकाशमा बाटो पाएनन्

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार १३:५५

Nabaraj Neupane

अन्तर्राष्ट्रिय कम्पनीमाथि बीमा दावी बढ्ने आशंका

काठमाडौं ।
दक्षिण एसियाका आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको द्धन्द करिब करिब युद्धको चरणमा पुगेको छ । कास्मिरमा भारतीय सेना सवार बसमाथि आत्मघाती हमला गरेको बदलामा भारतीय सेनाले पाकिस्तानी क्षेत्रमा बमबारी गरेपछि सुरु भएको तनाव आज भारतीय सैनिक जहाज पाकिस्तानी भूमिमा खसालिएको छ ।

भारत र पाकिस्तानबीचको युद्धको कारण सिंगो दक्षिण एसिया प्रभावित हुने देखिएको छ । आजै विहान भारती सेना र पाकिस्तानी सेनाबीचको द्धन्दका कारण लामो दुरीमा यात्रामा रहेको जहाजहरुले आकाशमा यात्रा गर्ने बाटो समेत पाउन सकेनन् । भारत र पाकिस्तानको युद्धको कारण सीमा क्षेत्र हुँदै यात्रा गरिरहेका जहाजहरुले हवाई रुट परिवर्तन गर्न पुगेका छन् भने केही जहाजहरु डाईभर्ट भएका छन् । भारत र पाकिस्तानको उक्त क्षेत्र भएर दैनिक सयौं जहाज आवात जावत गर्ने गर्दछन् । खाडी मुलुकबाट नेपाल आउने जहाजहरुले समेत सोही रुटबाट आउने गर्दथे । द्धन्दपछि प्रभावित हुने देखिएको छ ।

फ्लाईट राडार २४ का अनुसार आज विहानदेखि भारत–पाकिस्तान सीमा क्षेत्रबाट कुनै पनि जहाज उडेका छैनन् । थाईल्याण्डको राजधानी बैंककबाट हेलसिन्कीका लागि उडेको फिना एयर डाईभर्ट भएको छ भने रुसको राजधानी मस्कोबाट फुक्वीकका लागि उडेको जहाज समेत डाईभर्टमा परेको छ ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भएको तनावको कारण हवाई कम्पनीहरुले ठूलो जोखिम व्यहोर्न बाध्य हुनु परेको छ । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न राष्ट्रका बीचमा द्धन्द बढ्दा अन्तर्राष्ट्रिय कम्प्नीहरुको वीमा दावी समेत बढ्ने देखिएको छ । ट्रान्जिटमा बालबस्तु सड्ने, कुहिनेलगायतका समस्याहरु आउन सक्ने बीमा बीज्ञहरुले औल्याएका छन् । बीमाले युद्धका कारण पुगेको क्षतिको दावी भुक्तानी नव्यहोर्ने भएपनि अन्य धेरै कुरामा दावी भुक्तानीमा बृद्धि हुनसक्ने देखिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....