Nepal Life Insurance

काठमाडौंबाट उडेको एयर अरेबियाको जहाजले भारत–पाक द्धन्दग्रस्त सीमा पार गर्यो

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार १४:३३

Nabaraj Neupane

काठमाडौं ।
नेपाली यात्रुहरुलाई जोखिममा पार्ने गरी एयर अरेबियाले द्धन्दग्रस्त भारत र पाकिस्तानी सीमा क्षेत्र हुँदै उडान भरेको छ । अन्य सयौं हवाई कम्पनीले उडान नगरेको भारत र पाकिस्तानको सीमा क्षेत्रबाट एयर अरेबियाको जहाजले उडान भरेको हो । यद्यपि जहाजले कुनै जोखिम भने व्यहोर्नु परेको छैन ।

यसअघि क्रिमिया विवादमा युक्रेनमाथिको आकाशमा उडिरहेको मलेसियन एयरको जहाज मिसाईल प्रहारबाट खसेको थियो । आज विहानै भारतीय सेना र पाकिस्तानी सेनाका बीचमा हवाई आक्रमण गर्ने र जहाज खसाल्ने युद्ध चलेको समयमा एयर अरेबियाको जहाजले दुई देशको सीमा पार गरेको हो । अन्य जहाजहरुले बैकल्पिक बाटो प्रयोग गरेको अवस्थामा बजेट एयरलाइन्स भनेर चिनिएको एयर अरेबियाले सस्तोको लागि उक्त रुट प्रयोग गरेर करिब डेढ सय यात्रुको ज्यान जोखिममा पारेको देखिएको छ ।

एयर अरेबियाको जहाज ए६–एओबी कलसाइन भएको जहाजले उडान नं जी९५३० को रुटमा उडान भर्दै गर्दा भारत र पाकिस्तानको सीमा क्षेत्र हुँदै उडान भरेको हो । सो जहाजले पाकिस्तानी सेनाले मिसाईल आक्रमण गरी भारतीय सैनिकको जहाज खसालेको केही समयपछि सीमा पार गरेको फ्लाईट राडारमा देखिएको छ । जबकी सो भन्दा अगाडि फ्लाई दुबई, सिंगापुर एयरलाइन्स, अजुर एयर, फिना एयरलगायतका दर्जनौं हवाई जहाजहरु सीमा क्षेत्रबाट डाईभर्ट भएका थिए । ३० हजार फिटमाथि उडेको जहाज दुई देशबीचको सन्छु भन्ने स्थानबाट सीमा पारेको देखिएको छ ।

काठमाडौंबाट सारजाहका लागि उडेको जहाजमा यात्रा गर्नेहरु अधिकांश खाडी मुलुकमा काम गर्न जाने नेपालीहरु थिए । भारत र पाकिस्तानबीच द्धन्द बढेपछि नेपाल आउने जहाजहरु प्रभावित हुने देखिएको छ । पश्चिम क्षेत्र खाडी जाने आउने जहाजले अब समुन्द्रको मार्ग हुँदै घुमाउरो बाटो प्रयोग गर्न बाध्य हुनेछन् । लामो यात्राका कारण जहाज भाडामा बृद्धि हुनुको साथ ट्रान्जिटमा मालबस्तु बिग्रेर त्यसको जोखिम बीमा कम्पनीहरुले व्यहोर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....