Nepal Life Insurance

हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री अधिकारीसहित सात जनाको निधन

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार १५:५०

Nabaraj Neupane

काठमाडौं ।
आज अपरान्ह ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको दुखद निधन भएको छ । सो घटनामा नेपाली कम्पनीले हवाई दुर्घटनाबाट निकै महंगो दावी भुक्तानी गर्नुपर्ने भएको छ ।

बुधबार अपरान्ह संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा उपसचिव बीरेन्द्र दाहाल, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, हवाई कम्पनी हिमालयन र यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पालगायत छ जना र पाईटल प्रभाकर केसीको निधन भएको डाईनेष्टीले जनाएको छ ।

स्थानीयबासी तथा प्रत्यक्षदर्शीहरुलाई उध्रित गर्दै प्रहरीले जनाए अनुसार हेलिकोप्टर टुक्रा टुक्रा भएर आगो लागेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ । त्यसलगत्तै हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । अहिले घटनास्थलमा शव संकलन गर्ने क्रम जारी रहेको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....