Nepal Life Insurance

‘ठूलो हिऊ पर्यो अब म उड्न सक्दिन’ पाइलटको अन्तिम शब्द, मखमलीको माला लगाएको हसिलो अन्तिम तस्विर

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार १७:११

Nabaraj Neupane

काठमाडौं ।
बुधबार हेलिकोप्टर दुर्घटनामा निधन हुनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर खराब मौषम र भारी हिमपातका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बुधबार तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माणको स्थलगत निरिक्षण गर्ने तथा त्यही मौकामा पाथीभरा माईको दर्शन समेत गर्ने भन्दै त्यसतर्फ लागेका थिए । स्थलगत अवलोकनको लागि नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ, मन्त्रालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, मन्त्रालयका हवाई इन्जिनियर ध्रुव भोछिभोयाका साथमा थिए मन्त्री अधिकारीका पिएसओ सैनिक अधिकारी अर्जुन घिमिरे ।

काठमाडौंबाट विहान ८ बजे उडेको टोलीले सो विमानस्थल निर्माणको बारेमा सम्बाव्यता अध्यन र स्थानीयबासीसँगको छलफल गरेका थिए । साथै मन्त्री एक सार्वजनिक कार्यक्रममा समेत भाग लिएका थिए । उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए । स्थानीयबासीले स्वागतको क्रममा मखमली फूलको माला लगाई दिएका थिए । पहेलो मखमली माला लगाएर भाषण गरेको मन्त्री अधिकारीको सोही स्थानमा गरेको भाषण नै अन्तिम सार्वजनिक कार्यक्रम हुन पुग्यो । स्थानीयबासीले मन्त्री अधिकारीको गलामा सात÷आठ वटा मखमली फूलको माला लगाईदिएका थिए । पहेलो मखमली मालामा हसिलो अनुहार बनाएका मन्त्री अधिकारी त्यसको केहीबेरमै हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका छन् ।

सो कार्यक्रमबाट मन्त्री अधिकारी पाथिभरा मन्दिरमा दर्शनका लागि पुगेका थिए । मन्त्री अधिकारीसहितको टोलीले मन्दिमा पुजा गरेको केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मन्त्रिपरिषदको बैठकका लागि ‘तत्काल आउनु’ भन्ने खवर पुगेको थियो । मध्यान्ह १२ बजे पाथिभरा मन्दिरमा रहेको टोली त्यसको केही बेरपछि फर्केका थियो ।

तर, फर्कने क्रममा एकाएक मौषम खराब हुन पुगेको थियो । हेलिकोप्टर उडेलगत्तै भारी हिमपात सुरु भएको थियो । मौषम सम्बन्धी जानकारी दिने विश्व प्रख्यात वेभसाईट एक्युवेदरका अनुसार सुकेटारमा मध्यान्ह १२ः३० बजेदेखि भारी हिमपात भएको थियो भने तापक्रम लगातार घटेर तीन डिग्री पुगेको थियो । हावा प्रतिघण्टा तीन किमीका गतिमा रहेको थियो भने तापक्रम लगातार घटिरहेको थियो । हावा हुरी ठूलो नचलेको भएपनि भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने एक बजे आफू रहेको क्षेत्रमा भारी हिमपात भएको जानकारी गराएका थिए । उनले भनेका थिए, ‘यता मौसम खराब छ, हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिन ।’ टावरलाई गराएको अन्तिम जानकारीपछि विमान सम्पर्क बिच्छेद हुन पुगेको थियो ।

ताप्लेजुङको विशिष्टखालको मौषमलाई राम्ररी अध्ययन अनुसन्धान नहुँदा नेपालले धेरै प्रतिभाशाली व्यक्ति गुमाउदै आएको छ । यसअघि १३ वर्षअघि पनि यस्तै ठूलो दुर्घटना हुँदा तत्कालिन वनराज्यमन्त्रीसहित हर्क गुरुङलाई गुमाउन पुगेको थियो ।

२०६३ भदौ ७ गते तत्कालिन वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा योजनाविद् हर्क गुरुङ, डब्लूडब्लूएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पा, नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उपमहानिर्देशक मार्गरेट एलेक्जेन्डर, बिनाज आचार्य, डब्लूडब्लूएफ युकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो प्रिस र नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको निधन भएको थियो ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....