Nepal Life Insurance

काठमाडौं उपत्यकाको बस्तीमै हिऊ

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार ०९:०१

Nabaraj Neupane

काठमाडौं ।
लगातार १० घण्टादेखि परेको पानीसँगै काठमाडौंको चारैतर्फका अग्ला डाडाँहरुमा हिऊ परेको छ । सामान्यतया, फागुनमा हिऊ नपर्ने इतिहासमा नयाँ रेडर्क राख्दै बुधबार रातिदेखि परेको पानीले काठमाडौं उपत्यकाको बस्तीसम्म नै हिमपात हुन पुगेको छ ।

काठमाडौंको मानव बस्ती क्षेत्रमा बिरलै मात्रामा हिऊ पर्ने गर्दछ । तर, यस पटक बिहिवार विहान बालाजुमाथिका बस्तीहरुमा निकै बाक्लो हिऊ परेको छ । स्थानीय पत्रकार बिचारी चाम्लिङका अनुसार आज विहान ७ बजेसम्म बालाजु माथिको बस्तीहरुमा हिउ परेको हो । त्यस्तै काठमाडौंकै बुढानिलकण्ठ माथिका बस्तीहरुमा पनि बाक्लो हिऊ परेको छ । उता, सुन्दरीजलमाथिको बस्ती, जरसिंह पौवा, तारेभित्र क्षेत्रमा पनि हिऊ परेको स्थानीयबासीले बताएका छन् ।

भक्तपुरको नगरकोटमा निकै बाक्लो हिऊ परेको छ भने भक्तपुरका तल्लो बस्तीहरुमा पनि हिऊ परेको छ । भक्तपुरकै पाईलट बाबा आश्रमको पहाडमा समेत हिऊ देखिएको स्थानीयबासीले बताएका छन् । त्यस्तै काठमाडौंको पश्चिमी क्षेत्र इन्द्रथानमा पनि हिऊ परेको छ भने चन्द्रगिरी पहाडमा बाँक्लो हिऊ परेको छ । त्यस्तै ललितपुरको पुल्चोकी डाडामा निकै बाक्लो हिऊ परेको छ भने गोदावरीका बस्तीहरुमा समेत हिऊ आएको ललितपुर ताखेलबाट पत्रकार सुजन घिमिरेले जनाएका छन् । घिमिरेको अनुसार ललितपुरको चापागाऊ क्षेत्रसम्मै हिऊ परेको छ ।


भारी हिमपातसँगै काठमाडौंमा चिसो बढेको छ । आज विहान तापक्रम घटेर २ डिग्री सेल्सियसमा झरेको छ । यो समाचार तयार गर्दाको समय काठमाडौंको तापक्रम तीन डिग्रीमा रहेको छ । चिसो बढेसँगै काठमाडौंका सडकमा चहल पहल समेत कम छ ।

तस्विरः महेन्द्र बिष्ट, फणिन्द्र फुयाल, घमराज लुईटेलको फेसबुक

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....