Nepal Life Insurance

सिटिजन लाइफको अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार १५:४८

Nabaraj Neupane

काठमाडौं ।
नयाँ बीमा कम्पनीको रुपमा खुलेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । सो कम्पनीले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ जीवन बीमा योजना अघि सारेको हो ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले एक समारोहबीच सार्वजनिक गरेको सो योजना अन्य बीमाभन्दा उत्कृष्ट भएको दावी गरिएको छ ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमांकको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

नयाँ बीम कम्पनीको रुपमा २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको नयाँ बीमा योजना ग्राहकलाई आकर्षण गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....