Nepal Life Insurance

नेपाल लाइफले ४८.५ प्रतिशत लाभांश दिने

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आईतवार ११:३७

Nabaraj Neupane

काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लागनीकर्ताहरुलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

चुक्ता पुँजि बृद्धि गर्ने अभियानमा रहेको कम्पनीले लाभांश नगद र बोनस दुवैमा दिने भएपछि लगानीकर्ताहरु निकै खुशी देखिएका छन् । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
उक्त प्रस्ताव नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गरेपनि लागानीकर्ताले पाउने छन् ।

४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको यो बोनस वितरणपछि पाँच अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....