Nepal Life Insurance

महालक्ष्मी लाईफद्वारा एकैदिन १३ शहरमा अभिकर्ता तालिम

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आईतवार १५:३९

Nabaraj Neupane

बीमा न्यूज/काठमाडौं ।
भर्खरै कारोबार सुरु गरी औपचारिक सुरुवात हुन बाँकी रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा गतिविधिलाई तीव्र पारेको छ । सो कम्पनीले हिजो शनिबार एकैदिन देशका विभिन्न १३ वटा शहरमा बिमा अभिकर्ता तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीको दिनदेखि औपचारिक कारोबार सुरु गरेको कम्पनीले देशव्यापी रुपमा बीमा अभियान सञ्चालन गरिरहेको छ । सो कम्पनीका सिईओ रमेश कुमार भट्टराई दाङलगायतका क्षेत्रमा पुगेका थिए भने हिजोको कार्यक्रममा सिंगो टिम परिचालन गरिएको थियो ।

महालक्ष्मीले एकैदिन दोलखा जिल्लाको चौतारा, सिन्धुपाल्चोकको चौतारा, बारा जिल्लाको निजगढ, सर्लाहीको नवलपुर, धादिङ जिल्लाको धादिङबेशि, म्याग्दीको बेनी, बिर्तामोड, धनगढि, दाङ, सुर्खेत, कोहलपुर र बनेपामा अभिकर्ता तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

ती कार्यक्रमहरुबाट दुई हजारभन्दा बढि बीमा अभिकर्तालाई तालिम तथा उनीहरुसँग अन्तरक्रिया गरिएको कम्पनीको भनाई छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....