Nepal Life Insurance

प्रदेश नं २ मा छोरी शिक्षा बीमा योजना प्रभावकारी बन्दै

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार १२:१९

Nabaraj Neupane

३६ पटक पढिएको

धनुषा ।
शिक्षामा छोरीको पहुँच बृद्धि गर्नु प्रदेश नं २ सरकारको मुख्य चुनौति बनेपछि सरकारले पनि नयाँ योजना अघि सारेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम बनाएर अहिले शिक्षामा छात्राको पहुच बृद्धि गर्ने योजना अघि सारिएको छ । उक्त योजना अन्तर्गत प्रदेशका ८ वटा नगरपालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू गर्ने घोषणा गरिएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गर्नुभयो ।

प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्षपछि बैंकले बालिकालाई एक लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ ।

तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ । बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले रु ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ । छोरी बीमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि प्रदेशभरि नै लागू गरिएको हो ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....