Nepal Life Insurance

सिराहाका किसानलाई पशु बीमाबारे प्रशिक्षण

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार ०८:४०

Nabaraj Neupane

३७ पटक पढिएको

काठमाडौं ।
नेपालमा संघीय गणतन्त्र कार्यान्वयन आई तीन तहको शासन संरचनाको अभ्यास भइरहँदा आम सर्वसधारण तथा किसानले सुविधा पाउने क्रम पनि बढ्दै गएको छ ।

सधैं केन्द्र सरकारको मुख ताकेर बस्ने परिपाटीको अन्त्य गर्दै सिराहाका औरही गाउँपालिकाले स्थानीय किसानलाई पशुपालनमा जोखिम बहन गर्ने दायित्व बीमा कम्पनीलाई दिने सम्बन्धमा प्रशिक्षण दिएको छ ।

सोमबार सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिनुका साथै किसानलाई पशु बीमा गर्दा हुने फाइदाको बारेमा आवश्यक प्रशिक्षण दिइएको छ ।

गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको आयोजनामा सम्पन्न शिविरमा गाई, भँैसीलगायत एक हजार २०० र बाख्रा ७०० लाई जाँच गरी भ्याक्सिनेसन गरेको सो गाउँपालिकाकाले जनाएको छ । शिविरमा १० पशुचौपायामा कृत्रिम गर्भधारण सेवा दिइएको गाउँपालिकाको पशु शाखाप्रमुख रमेश शर्माले जानकारी दिनुभयो ।

शिविरमा पशुपालन गर्ने किसानले पशु बीमा, पशु स्वास्थ्य, पशुमा कृत्रिम गर्भधारण र पशु स्याहारका बारेमा जनचेतनामूलक सामग्री प्रति रुचि पूर्वक चासो लिएका थिए । गाउ गाउँमा पशु बीमाबारेमा जनचेतना बृद्धि भएपछि पशुबीमा गर्ने किसानको संख्यामा बृद्धि हुने विश्वास गरिएको छ ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....