Nepal Life Insurance

पर्यटन मन्त्री स्व. अधिकारीको परिवारलाई बीमा रकम १२ लाख हस्तान्तरण

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार ०९:३६

Nabaraj Neupane

पोखरा ।
ताप्लेजुङमा दुखद हवाई दुर्घटनामा निधन हुनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारीको परिवारलाई जीवन बीमा बापतको रकम १२ लाख ६९ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

हवाई दुर्घटनामा निधन हुनु भएका मन्त्री स्व. अधिकारीको आसौच बारेर बसेकी प्राध्यापक विद्या भट्टराई अधिकारीलाई लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडका अधिकारीले सोमबार जीवन बीमाको मृत्यु दाबी रकम स्वरुप १२ लाख ६९ हजार ५ सय हस्तान्तरण गरेको जनाएको छ ।

मन्त्री अधिकारीले आफू संविधानसभाको सांसद हुँदा २०६७ सालमा पाँच लाखको जीवन बिमा गर्नुु भएको थियो । बीमा नियम अनुसार बीमाको पुरै रकम र बोनस थप गरेर रकम हस्तान्तरण गरेको जनाएको छ । मन्त्री अधिकारीको धर्मपत्नी बिद्या भट्टराईलाई पोखराका शाखा प्रमुख गिरीराज घिमिरेले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको एलआईसी नेपालले जनाएको छ ।

जीवन बीमा गर्दा दोहोरो फाइदा छ । जीवन बीमा गरेपछि कुनै कारणबश भवितव्यमा पर्न गई बीमितको निधन भएमा आश्रित परिवारलाई सजिलो पार्नु नै जीवन बीमाको एउटा विशेषता हो । मन्त्री अधिकारीले पनि जीवनमा गरेको आम्दानी बचत गर्ने उद्देश्यले जीवन बीमा गर्नु भएको थियो ।

गत बुधबार विमानस्थल निर्माणको लागि अवलोकनको क्रममा ताप्लेजुङ पुग्नु भएका पर्यटन मन्त्री अधिकारीलगायतका छ जना व्यक्ति सवार हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिकाको सिस्ने पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....