Nepal Life Insurance

दैनिक ३०० पोलिसी, डेढ अर्बको कारोबार लक्ष्यमा लम्कदै आईएमई जनरल इन्स्योरेन्स

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार ११:५१

Nabaraj Neupane

१३८ पटक पढिएको

बीमा न्यूज/काठमाडौं ।
निर्जिवन बीमा बजारमा निकै लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल आईएमई जनरल इन्स्योरेन्स कम्पनी दैनिक औसतमा तीन सय बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले बार्षिक डेढ अर्ब कारोबार गर्ने लक्ष्य प्राप्तिको लागि सो मात्रामा बिमा पोलिसी बिक्री गरेर चालु आबको लक्ष्य भेट्टाउने विश्वासको साथ व्यवस्थापन टिम सक्रिय छ । कूल ५४ करोड चुक्ता पुँजि भएको सो बीमा कम्पनीले एक अर्ब चुक्ता पुँजि पुर्याउन सक्रिय छ ।

आईएमई ग्रुुपले पुरानो एनबी इन्स्योरेन्सको संस्थापक शेयर लिएर नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स बनाएको हो । २०५७ सालमा स्थापना भई कारोबार गर्दै आएको सो बीमा कम्पनीले चालु आर्थिक वर्षको लागि डेढ अर्ब रुपैयाँ कारोबार गर्ने लक्ष्य निर्धारण गरेर सोही लक्ष्य भेट्टाउन क्रियाशील रहेको कम्पनीका डेपुटी सिईओ पवन थापा बताउँछन् ।

देशका विभिन्न स्थानमा रहेका ३४ वटा शाखा कार्यालयमार्फत बीमा कारोबार गर्दै आएको सो कम्पनीले मासिक आठ करोडदेखि १२ करोडसम्म कारोबार गर्दै आएको छ । कम्पनीको मुख्य सिजन सुरु हुन थालेकाले अबको छ महिनामा यसअघिको तुलनामा राम्रो प्रतिफल पाउने विश्वास लिएको डेपुटी सिईओ थापाको भनाई छ । बीमा न्यूजसँगको कुराकानीको क्रममा उनले भने, ‘बार्षिक कारोबार लक्ष्य डेढ अर्ब राखेका छौं, मासिक आठ देखि १२ करोड कारोबार औसतमा दैनिक तीन सय वटा बीमा पोलिसी बिक्री गरेर आम्दानी गरिहेका छौं ।’ थापाका अनुसार कारोबार लक्ष्य भेट्टाउन आफूहरु सफल हुनेमा व्यवस्थापन टिम ढुक्क छ । सो बीमा कम्पनीले स्वास्थ्य सम्बन्धी नयाँ योजना लिएर आउने सोच समेत बनाएको छ । सो सम्बन्धमा चाँडै बजारमा आउने थापाले बताए ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक स्थानीय निकायसँग सहकार्य गर्दै काम गर्न थालेको छ । डेपुटी सिईओ थापाका अनुसार धादिङ जिल्लाका निलकण्ठ नगरपालिका र सर्लाही जिल्लाको हरिवनमा स्थानीय निकायसँग गरिएको सहकार्यले स्थानीयबासी र कम्पनी दुवैलाई राम्रो फाइदा दिएको छ । स्थानीयबासी, सर्वसधारणलाई एकै थलोमा सबै प्रकारको बीमा सुविधा दिने गरी भइरहेको सहकार्य नेपालको सन्दर्भमा बीमा कम्पनी र स्थानीय सरकारका बीचमा भएको नयाँ अभ्यास भएको थापा बताउँछन् ।

त्यसो त, आईएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी र धनुषा जिल्लामा विशेष अभियान सञ्चालन गर्ने दायित्व समेत थपिएको र सो क्षेत्रमा अभियानहरु सञ्चालन भइरहेको डेपुटी सिइओ थापा बताउँछन् ।

कृषि, पशु, सम्पत्ति, मेडिकल, हवाई, मोटर, ट्रान्जिट, तेस्रो पक्ष, दुर्घट्नालगायतका सबै प्रकारका बीमा गर्दै आएको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मेडिकल बीमा सबैभन्दा उत्कृष्ट मानिन्छ ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....