Nepal Life Insurance

सिटिजन्स बैंकमा बचत खाता खोल्दा स्वास्थ्य उपचार र दुर्घटनाबीमा निःशुल्क

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार १०:४२

Nabaraj Neupane

काठमाडौं ।
बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई बीमा सुविधा दिएर आफूतर्फ आकर्षण गर्ने प्रयासमा जुटेका छन् । यसैक्रममा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खाता सञ्चालन गर्दा निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा तथा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको अफर गरिएको छ ।

जम्मा एक सय रुपैयाँमा खोल्न सकियो यो खाता विभिन्न उद्योग, कलकारखाना, तथा अन्य कार्यालयका लागि अत्यन्तै उपयोगी हुने बैंकले जनाएको छ ।

दैनिक मौज्दातमा सवा ६ प्रतिशत ब्याज दिने घोषणा गरिएको उक्त नयाँ खाता योजनाले स्वास्थ्य उपचार तथा दुर्घटनामा हुने क्षतिलाई समेत ध्यान दिँदै निशुल्क बीमाको व्यवस्था गरिएको कारण लोकप्रिय हुने विश्वास गरिएको छ । यस नयाँ योजनामा हरेक नयाँ खाता खोल्ने ग्राहकले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र सात लाखसम्मको दुर्घटना मृत्यु बीमा दावी गर्न सक्नेछन् । औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जनाएको छ ।

खाता खोल्नेले निशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, मोबाईल बैंकिङ, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युरमा दर्ता पाउने बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....