Nepal Life Insurance

नेशनल लाईफ इन्स्योरेन्सको सधारणसभा चैत्र १५ मा, साढे १३ प्रतिशत मुनाफा दिने प्रस्ताव

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार ११:५६

Nabaraj Neupane

काठमाडौं ।
निजि क्षेत्रको बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत १५ गते ३० औं बार्षिक साधारणसभा आह्वान गरेको छ । सधारणसभामा गत आवमा आर्जन गरेको मुनाफाबाट साढे १३ प्रतिशत मुनाफा दिने प्रस्ताव गरिएको छ ।

बुधबार बसेको सो बीमा कम्पनीको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७३–७४ मा आर्जन गरेको मुनाफा नाफाबाट १३.५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव अघि बढाइएको छ ।

हाल चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको बीमा कम्पनीले बोनस शेयर दिने प्रस्ताव सधारणसभामा लैजान लागेको हो । उक्त प्रस्ताव सधारणसभाबाट पास भई नियामक निकाय बीमा समितिबाट अनुमोदन भएपछि मात्रै वितरण गर्ने बाटो खुल्नेछ । साढे १३ प्रतिशत लाभांस दिदा कम्पनीको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।

कम्पनीले कर प्रयोजनार्थ एक करोड ८८ लाख रुपैयाँ नगद लाभांस घोषणा गरेको छ । कम्पनीले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी बढेसँगै आफ्नो नियमावलीमा अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पर्याउने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।

कम्पनीको संस्थापक शेयरधनीहरुमा नेपालीहरुको ५२.८५ प्रतिशत रहेको छ भने विदेशीको २.१५ प्रतिशत रहेको छ । विदेशी संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशतबाट २.१५ प्रतिशतमा खुम्चिए सँगै ’क’ र ’ख’ वर्गका संस्थापकलाई हटाउने भएको छ । यसँगै ’ख’ वर्गका संस्थापकको प्रतिनिधित्वलाई पनि हटाएर ’क’ तर्फ रहने व्यवस्था गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....