Nepal Life Insurance

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार ११:३३

Nabaraj Neupane

काठमाडौं ।
आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास बैंकले भने नारी दिवसको उपलक्ष्यमा महिला लक्षित नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । उक्त बैंकमा खाता खोल्ने महिलालाई पाँच रुपैयाँसम्मको दुर्घटना बीमा बैंकले निशुल्क गरिदिने भएको छ ।

कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको जनाएको छ । शुन्य मौज्दातमा खाता खोल्न सकिने नयाँ योजनामा निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
साथै बैंकले नारी दिवसको अवसरमा सार्वजनिक गरेको नयाँ खाता योजनामा निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेका छन् ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । बैंकमा खाता खोल्दा निःशुल्क दुर्घटना बीमा सुविधा महिलाको लागि अत्यन्तै प्रभावकारी हुने बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....