Nepal Life Insurance

आईएमई लाईफको सेवा अब माछापुच्छ्रे बैंकबाटै

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार १२:३५

Nabaraj Neupane

काठमाडौं ।
बीमा कम्पनी र बैंक तथा वित्तिय संस्थाहरुका बीचमा सहकार्य गर्ने क्रम बढ्दै गएको छ । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीबीच हुने सेवा आदान प्रदान सम्बन्धी कार्यलाई बैंकान्स्योरेन्सको नाम दिई सहकार्य गर्ने क्रममा आईएमई लाईफ र माछापुच्छ्रे बैंकले बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका तर्फ बाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंकका तर्फबाट उप प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालााले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीका बीचमा सम्पन्न भएको बैंकान्स्योरेन्स सम्झौता अनुसार माछापुछ्रे बैंकको कुनै पनि शाखा कार्यालयहरु बाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउन तथा जीवन बीमा सम्बन्धि जानकारी प्राप्त गर्ने बाटो खुलेको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....