Nepal Life Insurance

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार ०८:३३

Nabaraj Neupane

काठमाडौं ।
बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा समितिका अनुसार हालसम्म कूल ५२ लाखभन्दा बढि बीमा लेख जारी भएका छन् ।

बीमा बजारको नियमन गर्ने निकाय बीमा समितिका अनुसार जीवन बीमा गर्ने १९ वटा कम्पनीले ५२ लाख ५० हजार १२७ वटा बीमा लेख बिक्री गरेका छन् । त्यसबाहेक विदेश जाने कामदारसँग गरिएको म्यादी बीमा थप गर्दा बिमाको पहुँच करिब २० प्रतिशत पुग्ने जनाइएको छ । विदेश जाने झण्डै १० लाखले म्यादी बीमा गरेका छन् । म्यादी बीमा सहित कूल जीवन बीमा गर्नेको संख्या ६० लाख हाराहारीमा पुगिसकेको छ ।

गत वर्ष बीमा समितिले थप गरेको नयाँ कम्पनीसँगै देशमा बीमा गतिविधि बढेको छ । करिब १० प्रतिशतको हाराहारीमा रहेको बीमा पहुँच यसै वर्षदेखि १७ प्रतिशत पुगेको हो । नयाँ कम्पनीले देशैभरि बीमा अभियान सञ्चालन गरेपछि बृद्धिभएको जनचेतनाले बीमाको पहुँच ह्वात्तै बढाएको हो ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....