Nepal Life Insurance

म्याद नाघेका बिमितलाई गुराँस लाईफको एक महिने छुट योजना

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार ०८:५७

Nabaraj Neupane

काठमाडौं ।
गुराँस लाईफ ईन्स्योरेन्समा जीवन बीमा गर्नु भएको छ, विभिन्न कारणले उक्त बीमाको प्रिमियम भुक्तानी गर्न सक्नु भएको थिएन भने एउटा राम्रो मौका अगाडि आएको छ । यसअघि पनि म्याद नाघेका बिमितहरुलाई पटक पटक अवसर दिँदै आएको सो कम्पनीले यस पटक फेरि अर्को अवसर प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार यसै वर्ष परिपक्व हुने बीमालेख बाहेकका बीमालेख जतिसुकै समय म्याद नाघेको भएपनि ५० प्रतिशत ब्याज छुटमा बीमा लेख नविरकण गराउन सकिने भएको छ ।

कम्पनीले आजदेखि यस्तो छुट योजना सार्वजनिक गरेको हो । चैत्र २८ गते कार्यालय समयसम्मका लागि दिइएको छुट सुविधा उपयोग गर्न कम्पनीले बीमा गरेर प्रिमियम भुक्तानी नगरी म्याद अप्ठेरोमा परेकाहरुलाई आह्वान गरेको छ ।
नयाँ व्यवस्था अनुसार बीमालेखको बिलम्व शुल्क (ब्याज) मा ५० प्रतिशत छुट प्रदान गरिएको छ । यसबाट बीमा गरेर बीचमा छोडेकाहरुले राम्रो लाभ लिन सक्नेछन् ।

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले त्यस्ता समस्यामा परेका सेवाग्राहीले तत्काल अभिकर्ता, क्षेत्रिय कार्यालय, शाखा, कार्यालय, उपशाखा कार्यालयमा सम्पर्क राखी आफ्नो बीमालेख नविकरण गराउन सक्ने जनाएको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....