Nepal Life Insurance

बीमा कार्ड देखाएर दुर्घट्नामा परेका गाडी नगदबिना नै मर्मत

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलवार ०८:५३

Nabaraj Neupane

३५२ पटक पढिएको

काठमाडौं ।
निर्जिवन बीमा क्षेत्रमा नयाँ नयाँ अभ्यास गर्ने क्रम सुरु भएको छ । नयाँ कम्पनीहरुको आगमन र बीमा क्षेत्र थप प्रतिस्पर्धी बन्दै जाँदा बिमितहरुले पाउने सेवा र सुविधा समेत फराकिलो बन्दै जान थालेको छ ।

बीमा गरेको गाडी दुर्घटनामा परेमा यसअघिको बीमा दावी गर्नुपर्ने, फोटो खिच्न पर्खनु पर्ने लगायतका झन्झट अब हराउँदै जान थालेका छन्, बरु बीमाको कार्ड देखाएपछि मर्मत गर्ने कम्पनी आफैले बीमा कम्पनीसँग सहकार्य गरेर बिना पैसा दुर्घटनामा परेका सवारी साधन मर्मत गर्ने भएका छन् ।

सोमबार सगरमाथा इन्स्योरेन्स कम्पनी र इस्टर्न मोटर कम्पनीबीच यस्तै सम्झौता भएको छ । जसमा बीमा गरिएका सवारी साधन दुर्घटनामा परेको अवस्थामा इस्टर्न मोटर कम्पनीले सवारीधनीसँग रकम नलिई मर्मत गर्नेछ ।
सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा मर्मत गर्दा नगद भुक्तान गर्नु नपर्ने भएको छ ।

तिग्रस्त गाडी बनाउदा बीमितले नियमानुसार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने सम्झौता भएको छ । बीमा दावी र क्षेत्रभित्र पर्ने रकम बीमाले भुक्तानी गर्नेछ भने अपुग रकम मात्रै अब सवारी धनीले बुझाउनुपर्नेछ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्टर्न एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । यस्तो सम्झौता नेपालमा सम्भवतः पहिलो पटक भएको हो ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....