Nepal Life Insurance

नेशनल लाईफको संस्थापक शेयरधनी बने भवन भट्ट

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार २३:१३

Nabaraj Neupane

काठमाडौं ।
नेपालको बीमा क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण समेत बढ्दै गएको छ । यसै सन्दर्भमा नेपालको पुरानो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्यारेन्सको संस्थापक शेयरमा सामान्य हेरफेर भएको छ ।

एनआरएनका अध्यक्ष तथा जापानमा रेष्टुरेन्ट तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लगानी गरेका भवन भट्ट नेशनल लाईफ इन्स्योरेन्समा प्रवेश गरेका छन् । बिहिवार नेपाल स्टक एक्सचेन्जमा भट्टले झण्डै दुई लाख कित्ता शेयर खरिद गरी एनएलआईसीमा छिरेका हुन् ।

बिहिवारको कारोबारबाट सो बीमा कम्पनीको एक लाख ९६ हजार २६२ कित्ता संस्थापक शेयर भवन भट्टको बीबी होल्डिङले खरिद गरेको छ । भट्टले नेपालमा बीबी होल्डिङको नाममा लगानी गर्दै आएका छन् । नेपालमा होटल, सञ्चार, उर्जा तथा वायुसेवामा लगानी गरेका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले एक वर्ष अगाडि नै खरिद सम्झौता गरे अनुसार आज कारोबार भएको जनाइएको छ ।
तर बिहीबार दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयरको मूल्य ६६९ रुपैयाँ मात्रै छ । आज एक लाख ९६ हजार २६२ कित्ताको २१ करोड २४० कित्ताको कारोबार भएको छ । बिहिवारको कारोबारबाट भट्टको कम्पनीले सो बीमा कम्पनीको ०.७४ प्रतिशत सेयर हिस्सा आफ्नो हातमा लिन सफल भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको ३० औं बार्षिक सधारणसभाको १६ दिनअघि ठूलो मात्रामा संस्थापक शेयर भट्ट समुहले खरिद गरेको हो । बिहिवारको शेयर कारोबारलाई सो बीमा कम्पनीको संस्थापक शेयरधनीका तर्फबाट व्यवस्थापन समितिमा समेत स्थान ओगट्ने अनुमान गरिएको छ । नेशलन लाईफको सधारणसभा यही चैत्र १५ गतेको हुँदैछ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....