Nepal Life Insurance

एसिशन लाईफ र जनरल इन्स्योरेन्ससँग गण्डकी बैंकको सम्झौता

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार ११:५६

Nabaraj Neupane

बीमा न्यूजकाठमाडौं ।
बीमा क्षेत्र र बैंकिङ क्षेत्रका बीचमा सहकार्य बृद्धि हुँदै जान थालेको छ । बिहिबार एकै दिन एउटा विकास बैंकले दुई बीमा कम्पनीका बीचमा सम्झौता गरेको छ ।

बिहिवार गण्डकी विकास बैंकको केन्द्रीय कार्यालयमा एसियन लाईफ इन्स्योरेन्स कम्पनी र जनरल इन्स्यारेन्स कम्पनीका अतिथिहरुको सम्मान व्यस्त रह्यो । केन्द्रीय कार्यालयमा बैंकका सिईओ रेशम बहादुर थापाले दुवै बीमा कम्पनीका सिईओहरुलाई स्वागत गरेका थिए । नयाँ सम्झौता अनुसार एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्योरेन्सको सेवा अब गण्डकी विकास बैंकको देशैभरि रहेका ७७ वटा शाखा कार्यालयमार्फत प्राप्त गर्न सकिने छ । जसअन्तर्गत जीवन बीमा, म्यादी जीवन बीमा, सम्पत्ति बीमा, स्वास्थ्य बीमालगायतका अन्य सबै प्रकारको बीमा सुविधा गण्डकी विकास बैंकको एउटै छाताभित्र सीमित हुन पुगेको छ ।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले छुट्टै आयोजित कार्यक्रममा हस्ताक्षर गरी एक अर्कामा आदान प्रदान गरेका छन् । संझौतापछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ ।

त्यस्तै बिहिवार नै आयोजित छुट्टै कार्यक्रममा जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि र गण्डकी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....