Nepal Life Insurance

बीमा जागरण अभियानमा आक्रामक बन्दै महालक्ष्मी लाईफ

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार ०८:२५

Nabaraj Neupane

काठमाडौं ।
गत माघ २७ गतेबाट औपचारिक कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स आक्रामक रुपमा बीमा जागरण अभियानमा सहभागी भइरहेको छ । सो बीमा कम्पनीका सिईओ रमेश कुमार भट्टराई मुश्किलले काठमाडौंमा देखिने गर्दछन् । बीमा जागरण अभियान कार्यक्रमको क्रममा बिर्तामोड देखि सुदुरपश्चिमसम्म अभियानमा सहभागी भइरहेका छन् ।

सो क्रममा महालक्ष्मी हालसम्म ३५ जिल्लामा बीमा जागरण अभियान सम्पन्न गरेको जनाएको छ । सो क्रममा करिब छ हजार मानिसले बीमा सम्बन्धी जानकारी पाएका छन् ।

देशव्यापी रुपमा सञ्चालन गरिएको तालिम तथा अन्तरक्रिया कार्यक्रमबाट कम्पनीको कारोबार उत्साहप्रद रुपमा भइरहेको त छदैछ, स्थानीय जनताले बीमाको बारेमा राम्रो ज्ञान समेत हासिल गरेका छन् । सो बीमा कम्पनीले दोलखा, विराटनगर, हेटौडा, काभ्रे, काठमाडौं, पोखरा, दाङ, धनगढी, सुर्खेतलगायतका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको कम्पनीले जनाएको छ ।

सो क्रममा कम्पनीले बीमा अभिकर्ता समेत नियुक्ती गरेको छ । तालिम तथा अन्तरक्रिया कार्यक्रममा जनचेतना जगाउनुका साथै अभियकर्ताहरुलाई नियुक्त गर्ने अभियान समेत सञ्चालन गरिएको छ ।

यही चैत्र महिनाभित्रैमा बाँकी जिल्लाहरुमा बीमा जागरण अभियान कार्यक्रमहरु सञ्चालन गरेर तीव्र गतिमा बीमा कारोबार अघि बढाउने अभियानमा रहेको सो कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....