Nepal Life Insurance

चैत्र २१ को सधारणसभामा ८% बोनस दिने गुराँस लाईफको प्रस्ताव

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार २१:०३

Nabaraj Neupane

काठमाडौं ।
निजि क्षेत्रको जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत २१ गतेका लागि आह्वान गरेको नवौँ वार्षिक साधारणसभामा आठ प्रतिशत बोनस लगानीकर्तालाई दिने प्रस्ताव पेश गर्दैछ ।

२१ गते विहान ११ बजे नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा आह्वान गरिएको सधारणसभा आह्वान गर्ने निर्णय हालै बसेको कम्पनी संचालक समितिले गरेको छ । सो कम्पनीको चुक्ता पुँजि ५० करोड ४० लाख रुपैयाँ रहेको कम्पनीले गत आवको सञ्चालन मुनाफाबाट आठ प्रतिशत लाभांशलाई बोनस शेयर दिने प्रस्ताव अघि सारेको हो ।

बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ पुग्ने छ । ८ प्रतिशत बोनस र गत आवको ५० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । जीवन बीमा कम्पनीको चुक्ता पुँजि दुई अर्ब रुपैयाँ हुनुपर्ने अनिवार्य गरेको छ । बोनस शेयर पछि पनि कम्पनीको चुक्ता पुँजि भने अझै पर्याप्त हुँदैन ।

जसको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्ताव पारित भएपछि कम्पनीको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि आगामी चैत ६ गतेदेखि २१ गतेसम्म १६ दिन बुक क्लोज गर्ने भएको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....