Nepal Life Insurance

सामाजिक सुरक्षा योजनाः बीमा की सञ्चय ? अन्योलमा व्यवसायीहरु

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार ११:४१

Nabaraj Neupane

काठमाडौं ।

सरकारले कामदारका लागि भन्दै अघि सारेको सामाजिक सुरक्षा कोषबारेमा मजदुर तथा व्यवसायीहरु समेत अन्योलमा परेको देखिएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन भनिए पनि त्यसको मोडल बीमा वा सञ्चय कोष भन्नेमा अन्योल उत्पन्न भएको छ ।

सामाजिक सुरक्षा कोषको अवधारणाका बारेमा नै अन्योल उत्पन्न भएको पाइएको हो । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न नीतिगत अस्पष्टता देखिएको भन्दै व्यवसायीले योजना कार्यान्वयनका लागि आवश्यक ठानिएको रोजगारदाता सूचीकरण प्रक्रियामै अलमल गर्दै आएका छन् । सरकारले योजना सार्वजनिक गरेको झण्डै चार महीना पुग्न लागे पनि उक्त कोषमा सूचीकरण भएका रोजगारदाताको सङ्ख्या असाध्यै न्यून देखिएको छ ।

सरकारले गत मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । सरकारले समयसीमा तोकेरै रोजगारदातालाई कोषमा सूचीकृत हुन आह्वान गरे पनि रोजगारदाताको सहभागिता उत्साहजनक हुन सकेको छैन । गत फागुन २७ गतेसम्म कोषमा कूल दुई हजार १३० रोजगारदातामा मात्र सूचीकरण भएका छन् ।

प्रदेश नं १ का ९०, प्रदेश नं २ का ५०, प्रदेश नं ३ का एक हजार ६२९ (काठमाडौँ उपत्यका एक हजार ४७२), गण्डकी प्रदेश ४१, प्रदेश नं ५ का ३७, कर्णाली प्रदेशका सात, सुदूरपश्चिम प्रदेशका १४ र प्रदेश नखुलेका २६२ रोजगारदाता सूचीकृत भएका कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो ।गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय आर्थिक गणनामा मुलुकभर नौ लाख २२ हजार ४४५ वटा विभिन्न प्रकारका उद्योग, व्यवसाय, सङ्घसंस्था र प्रतिष्ठान सञ्चालनमा रहेका देखिएको थियो । त्यस्तै योगदानकर्ताको सहभागितासमेत अत्यन्त न्यून देखिएको छ ।

कोषका अनुसार यसअवधिमा एक हजार ७७६ योगदानकर्तामात्र सूचीकृत भएका छन् । आर्थिक गणनामा समेटिएका उद्योग, प्रतिष्ठानमा २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला गरी कूल ३४ लाख आठ हजार ७४६ जनशक्ति क्रियाशील रहेको पाइएको थियो ।कोषमा उत्पादनमूलक उद्योग, होटल, रिसोर्ट तथा ट्राभल एजेन्सी, गैरसरकारी संस्था, सहकारी, सुरक्षाकर्मी आपूर्तिकर्ता, थोक तथा खुद्रा बिक्रेता, कुरियार सेवा, परामर्श सेवा प्रदान गर्ने संस्था, केबल तथा इन्टरनेट सेवा प्रदायक, बैंक तथा इन्स्योरेन्स, अस्पताल र सञ्चार माध्यम सूचीकृत भएका छन् ।

उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले कार्यक्रमको सम्बन्धमा नीतिगत अस्पष्टता रहेकाले रोजगारदाताको सहभागिता उत्साहजनक नभएको जनाएको छ । सामाजिक सुरक्षा, बीमा र बचत योजनालाई एकै किसिमले बुझ्ने गरिएकाले यसका विषयमा व्यापक अस्पष्टता रहेको महासङ्घका अध्यक्ष भवानी राणाको धारणा छ । उद्योग बाणिज्य महासंघकै धारणा अस्पष्ट भएपछि कोष लक्ष्यमा सफल हुनेमा आशंका उत्पन्न भएको छ ।कर्मचारी सञ्चयकोष जस्तो सामाजिक सुरक्षा कोषमा आफ्नो बचत रकमबाट पेश्की पाउने व्यवस्था नदेखिएकाले श्रमिकलाई सामाजिक सुुरक्षा कार्यक्रममा सहभागिताका लागि लैजान अप्ठ्यारो भएको महासङ्घले जनाएको छ । बीमा मोडलको भएपनि ऋण लिन सकिने अवस्था रहन्थ्यो भन्ने व्यवसायीहरुको धारणा रहेका छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....