Nepal Life Insurance

पर्यटन मन्त्री स्व. अधिकारीको एक वर्षे चमत्कारः बहुआयामिक सुधारदेखि हवाई यात्रुको बीमा एक करोड ६० लाखसम्म

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०७:५७

Nabaraj Neupane

काठमाडौं ।
गत फागुन १५ गते अपरान्ह नेपाली जनताको लागि एउटा दुखद खवर आइरहेको थियो । मानिसहरु कामना गरिरहेका थिए, पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर सकुशल भेटियोस् । अन्ततः त्यो दुखद खवरले विकासको आशामा रहेका नेपाली जनतालाई निराश मात्रै तुल्याएन, आफ्नो सपनाको घर भत्केको समेत महसुस गरे । परिवारका सदस्य तथा आफन्तहरु शोकाकुल बने । उनै रविन्द्र अधिकारीलाई एयरबस काण्डमा समेत जोडे, जबकी सो एयरबस खरिद काण्ड ग्लोबल टेण्डर आह्वान गरेर खरिद गरिएकाले त्यसबारे प्रश् उठाउने ठाउँ फेला पार्न धेरै गाह्रो छ ।


उनै दिवंगत मन्त्री अधिकारीले सम्हालेको पर्यटन मन्त्रालयमा एक वर्षमा चमत्कारिक काम भएको पाइएको छ । एक वर्षको अवधीमा काठमाडौंस्थित विमानस्थलमा घण्टौ आकाशमा रोकिनु पर्ने जहाजहरुले दैनिक २१ घण्टा विमानस्थल सञ्चालनपछि सहजता महसुस गरेका छन् भने हवाई यात्रुले विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा धेरै सुविधा पाएका छन् । त्यति मात्रै नभए नेपाली हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रु सरह एक करोड ६० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा समेत पाए ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै हुनुहुन्थ्यो, पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु । नभन्दै मन्त्री अधिकारीको एक वर्षे कार्यकाल नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा नै सावित हुन पुगेको छ ।
मन्त्री अधिकारीकै पहलमा हवाई यातायातमा यात्रु बीमा दायित्वलाई एकीकरण गर्नेसम्बन्धी महासन्धि सङ्घीय संसद्बाट अनुमोदन भई २०१८ डिसेम्बर १५ देखि लागू भएको छ । सोअनुरुप अन्तरराष्ट्रिय उडानका यात्रुको क्षतिपूर्ति बीमा साविकको २० लाखबाट वृद्धि भई एक करोड ६० लाख कायम भएको छ ।

यसबाट नेपाली यात्रुले पनि विदेशी यात्रुसरह क्षतिपूर्ति प्राप्त गर्ने सुनिश्चित भएको छ । पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५, हेलिप्याड निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५, जारी भई लागू भएको छ । विगत वर्षका तुलनामा पर्यटन क्षेत्रको आयमा उल्लेखनीय वृद्धि भई करीब रु एक अर्ब आम्दानी भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण अघि बढाउने’ भनी गर्नुभयो ।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै प्रतिबद्धतानुरुप मन्त्री अधिकारी अहोरात्र खटिनुभयो, जस अनुसार नेपाली जनता सामू गरेको प्रतिबद्धता अनुसार नै धेरै सुधारका कामहरु पूरा भएका छन् भने कैयौं पूरा हुने चरणमा रहेका छन् । भैरहवा विमानस्थलमा आगामी वर्ष नै अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गरेपछि मन्त्री अधिकारीको प्रयास अझै सार्थक हुनेछ ।

मन्त्री बनेदेखि नै नयाँ नयाँ विमानस्थलमा जहाज उडान सक्रिय मन्त्री अधिकारीले नेपालका दुर्गम क्षेत्रका धेरै वटा विमानस्थलमा जहाजको नियमित उडान सुरु गराउनु भयो । आयोजनास्थलको प्रत्यक्ष निरीक्षण, तल्लो तहदेखि उपल्लो तहका पदाधिकारीसँग बारम्बार छलफल र ताकेताले परिमाणात्मक गति लिएको थियो तर फागुन १५ गते पर्यटन क्षेत्रमै पर्ने तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षण तथा सम्भाव्यता अध्ययनपछि काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङ्लिङस्थित तारेढुङ्गा भीरमा भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाको निधन भयो ।

राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिता र पर्यटकीय सेवा सुदृढीकरणमा पनि उल्लेख्य प्रगति देखिन्छ । पर्यटन मन्त्रालयअन्तर्गत पाँच राष्ट्रिय गौरवका आयोजना(भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष) मा उल्लेखनीय कामहरु सम्पन्न गर्न मन्त्री अधिकारी सफल हुनु भएको छ ।

अधिकारीकै कार्यकालमा मुलुकको एक मात्र अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलको स्तरोन्नति प्रभावकारी बनेको छ । विसं २०७४ फागुन ३ सम्म १० प्रतिशत प्रगति थियो भने एक वर्षका अवधिमा ३० प्रतिशत थपिएर ४० प्रतिशत प्रगति भएको छ । विमानस्थल सञ्चालन अवधि दैनिक चार घण्टा वृद्धि गरी २२ घण्टा कायम गरिएको छ । इतिहासमै पहिलो पटक विमानस्थलको धावनमार्ग कालोपत्रे (रनवे रिह्याब) को काम यही चैत १८ देखि शुरु हँुदैछ ।
त्यस्तै, गौतमबुद्ध विमानस्थलको प्रगति एक वर्षअघि करीब २६ प्रतिशत थियो । यस अवधिमा करीब ४१ प्रतिशत प्रगति भई ६७ प्रतिशत पुगेको छ । सन् २०१९ को जून महीनामा परीक्षण उडान तथा सेप्टेम्बरदेखि व्यावसायिक सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको आयोजनाले जनाएको छ ।

पोखरा विमानस्थल निर्माण तोकिएको समयभन्दा अगाडि सन् २०२० सम्म सम्पन्न गर्ने गरी काम अघि बढेको छ । उक्त विमानस्थलको करीब ४ प्रतिशत प्रगतिबाट एक वर्षका अवधिमा २७ प्रतिशत प्रगति भएको छ ।

मन्त्रालयका अनुसार एक वर्षमा धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान शुरु भई विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्जसमेत गरी ६ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सेवा सञ्चालन भएको छ ।

नेपाल र कम्बोडियाबीच काठमाडौँमा द्विपक्षीय वार्ता भई दुवै पक्षबाट प्रतिहप्ता १४ उडान गर्न पाउने गरी नयाँ हवाई सेवा सम्झौता भएको छ । यो समेत गरी नेपालले हालसम्म ३९ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । नेपाल अन्तरराष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासोको सूचीबाट सन् २०१८ २० जुलाइदेखि हटेको छ ।

युरोपेली सङ्घको कालोसूचीबाट हटाउन प्रभावकारी पहल भइरहेको छ । दिवंगत मन्त्री अधिकारीको भौतिक शरीरले नेपालीलाई सदाको लागि छोडेर गएपनि उहाँको कार्यकालमा सम्पन्न भएका सुधार तथा पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले लिएको गतिमा भने उहाँको अथक प्रयास सम्झिरहेनछ । -राससको सहयोगमा तयार गरिएको सामग्री

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....