Nepal Life Insurance

देशैभरि घुम्ती बीमा अभियान सुरु हुँदै, प्रभु र नेपाल लाईफले सहकार्य गर्ने

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार १३:०२

Nabaraj Neupane

काठमाडौ ।
यही चैत्र ९ गतेदेखि देशव्यापी रुपमा घुम्ती बीमा अभियान सुरु हुने भएको छ । उदयपुरको गाईघाटबाट सुरु हुने घुम्ती बीमा कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

बीमाको पहुच अत्यन्तै न्यून भएको सन्दर्भमा बीमामा नेपालीको पहुँच बृद्धि गर्ने, आम सर्वसधारणको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको राष्ट्रव्यापी अभियानमा प्रभु लाईफ इन्स्यारेन्स कम्पनी मुख्य प्रयोजक र नेपाल लाईफ इन्स्योरेन्स सह–प्रायोजकको रुपमा सहकार्य गर्ने भएका हुन् ।

निजि कम्पनीले नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले बीमा कम्पनीहरुसँग सहकार्य गरेर सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्ने जनाएको छ । यही चैत्र ९ गते हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक कम्पनी एससिसले जनाएको छ । सो कम्पनीका अनुसार बीमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकमा बिमाको पहुँचमा पुर्याउने, बीमाको बजार विस्तार गर्ने र सर्वसधारणमा जोखिमयुक्त मालबस्तुको बीमा गराएर क्षति न्यूनिकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

घुम्ती बीमा कार्यक्रमको उद्घाटन चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट गरिने एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । उनका अनुसार उद्घाटनसँगै अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा अभियान सञ्चालन गरिने सो कम्पनीले जनाएको छ ।

घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानमा नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी) ले  प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू भएको हो । एमओयूमा एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठ र एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन ।

त्यसअघि प्रभु लाईफ इन्स्योरेन्सले मुख्य प्रयोजकको रुपमा सम्झौता गरिसकेको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा एनसिसका तर्फबाट मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....