Nepal Life Insurance

हिमाल आरोही निर्मललाई प्रिमियर इन्स्योरेन्सले सहयोग गर्ने

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार १५:१८

Nabaraj Neupane

काठमाडौं ।
नेपालसहित विश्वका १४ वटा हिमाल आरोहण गर्न लागेका निर्मल पुर्जालाई प्रिमियर इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । ‘प्रोजेक्ट पोजिवल, १४ पिक्स्, ७ मन्थस्’ नामक अभियान लिएर सात महिनामा ७ महिनामा विश्वका ८ हजार मिटर उचाई भएका १४ वटा हिमाल चढ्ने उद्देश्य राखेका निर्मल पूर्जा ‘निम्स’ लाई प्रिमियर इन्स्योरेन्सले सहयोग गर्ने घोषणा गरेको हो ।

अभियानका आरोही निर्मललाई प्रिमियर ईन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा, व्यक्तीगत दुर्घटना बीमा, हाई अल्टिच्यूट बीमा तथा आवश्यकताको अवस्थामा रेक्यूसम्ममा सहयोग गर्ने भएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पर्यटकीय क्षेत्रमा रहेको जोखिम बहन गर्न ईन्स्योरेन्स कम्पनीले आफ्नो तर्फबाट सहयोग गर्न लागेको जनाएको छ ।

पर्वतारोहण कै सन्दर्भलाई लिएर गत मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्नप्रसाद उपाध्यायले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रिमियर ईन्स्योरेन्सका सिईओ उपाध्यायले भने– ‘नेपालमा पर्यटकीय क्षेत्रमा धेरै अवसरहरु छन्, जोखिमहरुपनि प्रशस्तै रहेका छन्, यदी हामीले बीमाको बारेमा जानकारी लिएमा यस्ता जोखिम बहन गर्न सघाउ पुग्दछ ।’

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....